
भन्सार दर ७ तहमा सीमित, २७३ वस्तुमा महसुल घट्योCustoms Duty Limited to 7 Tiers, Duty Reduced on 273 Goods
काठमाडौं । सरकारले हाल ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल एक तहले घटाइएको छ । कुल २७३ वस्तुमा भन्सार दर घटेको उनले बताए ।
त्यसैगरी, ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको छ ।
भन्सार विन्दुमा सङ्कलन हुने छरिएका करलाई एकीकृत गरी हरित करमा रूपान्तरण गरिएको छ ।
Kathmandu — The government has limited the customs duty rates, currently spread across 11 tiers, to 7 tiers.
Finance Minister Dr. Swarnim Wagle made the announcement through the budget for the upcoming fiscal year 2083/84.
According to him, the customs duty on industrial raw materials has been reduced by one tier. He said the customs rate has been lowered on a total of 273 goods.
Similarly, the excise duty levied on 360 goods has been scrapped.
The scattered taxes collected at customs points have been consolidated and converted into a unified green tax.




