
सिवाईसी नेपाल लघुवित्तको नाफा २०८% ले बढ्यो, वितरणयोग्य मुनाफा ९ करोड नाघ्योCYC Nepal Laghubitta’s Profit Soars by 208%, Distributable Profit Exceeds NPR 91 Million
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (CYCL) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेख्य नाफा कमाएको छ। कम्पनीले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २०८.४४% ले वृद्धि भएको हो। समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँबाट बढेर ९ करोड १० लाख रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी ४१.३०% ले बढ्दा सञ्चालन मुनाफा २५०.५३% ले उकालो लागेको छ भने प्रतिशेयर आम्दानी २९.८० रुपैयाँले बढेर ४४.०९ रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रति शेयर नेटवर्थ २७७.१७ रुपैयाँ र मूल्य-आम्दानी अनुपात ४०.२८ गुणा रहेको छ। लघुवित्तको जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ सञ्चित छ भने निक्षेप तथा कर्जा क्रमशः १०.४९% र ४.९६% ले वृद्धि भएको छ।
CYC Nepal Laghubitta Bittiya Sanstha Ltd. (CYCL) has reported a significant increase in profit in its unaudited fourth-quarter report of FY 2079/80. The company posted a net profit of NPR 117.4 million, a growth of 208.44% compared to the same period last year. Distributable profit rose from NPR 29.7 million to NPR 91 million.
Net interest income increased by 41.30%, while operating profit surged by 250.53%. Earnings per share jumped by NPR 29.80 to reach NPR 44.09. As of Ashad-end, the distributable EPS stands at NPR 34.17, net worth per share at NPR 277.17, and the P/E ratio at 40.28 times. The reserve fund holds NPR 472 million, with deposits and loans growing by 10.49% and 4.96%, respectively.




