
दराजको १२.१२ ग्राण्ड इयर–एन्ड सेल आज राति ८ बजेदेखि सुरु, ८०% सम्म छुटDaraz Nepal Launches 12.12 Grand Year-End Sale From Tonight with Discounts Up to 80%
देशकै अग्रणी अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले वर्षको सबैभन्दा ठूलो बिक्री अभियान १२.१२ ग्राण्ड इयर–एन्ड सेल सुरु गर्न लागेको छ। कम्पनीका अनुसार सेल मंसिर २५ गते (डिसेम्बर ११) राति ८ बजेदेखि पौष ३ गते (डिसेम्बर १८) सम्म सञ्चालन हुनेछ।
दराजले यस वर्षको सेलमा ८०% सम्मको फ्ल्यास सेल, ७०% सम्मको मेगा डिल, तथा छानिएका सामानहरूमा निःशुल्क ढुवानी सुविधा उपलब्ध गराउने भएको छ। ब्रान्ड पार्टनरमार्फत अतिरिक्त छुट पनि दिइनेछ—सेताफिलले ४१% सम्म, र्होटो, ब्राण्डहाउस र AUBB ले ६०% सम्म, तथा स्ट्रिक्स, नाइकि र लोट्टो नेपालले ५०% सम्म छुट प्रदान गर्नेछन्।
सेलको मुख्य आकर्षण क्रेजी फ्ल्यास सेल रहेको छ, जसको सुरुवात आज राति ८ बजेदेखि हुनेछ। सीमित स्टकमा उपलब्ध विशेष डिलहरूसँगै, सेल अवधिभर दैनिक फ्ल्यास प्राइस–ड्रप अफरहरू पनि रहनेछन्।
खल्ती वालेट प्रयोगकर्ताहरूका लागि १०% (अधिकतम २०० रुपैयाँ) छुटको व्यवस्था गरिएको छ। कम्पनीका अनुसार यसले क्यासलेस भुक्तानी संस्कृति प्रवर्द्धन गर्न मद्दत गर्नेछ।
यसपटक दराजले ग्राहकहरूका लागि उपहार जित्ने आकर्षक अवसर पनि ल्याएको छ। Add to Cart & Win र Buy & Win फिचरमार्फत ७ जना भाग्यशाली ग्राहकले अलेवा स्मार्टवाच, इयरबड्स, पावर बैंकलगायत मूल्यवान उपहार जित्न सक्नेछन्।
Buy & Win अन्तर्गत ५ हजार रुपैयाँभन्दा बढी खरिद गर्ने ग्राहकहरूले हावेल्स बन्डल, लोट्टो रनिङ शूज, रेडमी बड्स ५A, र सियाओमी क्यामेरा सी–२०० जस्ता उपहारका लागि लक्की ड्रमा सहभागिता जनाउन सक्नेछन्।
दराजले Best Price Guarantee अन्तर्गत, नेपालमा कुनै पनि प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा फेला परे मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ (शर्तसहित)।
सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एसियाको अग्रणी ई–कमर्स ग्रुप हो, जसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा विस्तार गरेको छ। अत्याधुनिक प्रविधिमार्फत दराजले ५० करोडभन्दा बढी उपभोक्ता र हजारौँ बिक्रेतालाई जोडिरहेको छ।
Daraz Nepal, the country’s leading online shopping platform, has announced the launch of its biggest shopping event of the year — the 12.12 Grand Year-End Sale. The campaign will go live tonight, December 11 (Mangsir 25) at 8 PM and run until December 18 (Poush 3).
According to the company, customers will be able to enjoy up to 80% off through flash sales, up to 70% off on mega deals, and free delivery on selected products. Partner brands are also offering additional discounts: Cetaphil up to 41%, Roto, Brandhouse and AVIB up to 60%, and Streax, Nike, and Lotto Nepal up to 50%.
One of the major highlights of the sale is the Crazy Flash Sale, beginning tonight at 8 PM. Throughout the campaign, customers will also benefit from daily flash deals and price-drop offers on limited-stock items.
Khalti wallet users will receive an additional 10% discount (up to Rs. 200) during the sale period — a move the company believes will further promote cashless payments in Nepal.
Daraz has also introduced exciting opportunities for customers to win prizes. Through the Add to Cart & Win and Buy & Win features, seven lucky winners will receive gifts including Alewa smartwatches, Drippods earbuds, and Gizmo power banks.
Under Buy & Win, customers who make purchases worth more than Rs. 5,000 through any payment method will qualify for a lucky draw featuring prizes such as:
Havells bundle worth Rs. 16,300
Lotto Energex running shoes worth Rs. 14,900
Redmi Buds 5A for two winners
Xiaomi Camera C200 for two winners
Daraz has assured a Best Price Guarantee, promising to refund double the price difference if customers find the same product at a lower price on any other online platform in Nepal (terms apply).
Founded in 2015, Daraz is South Asia’s leading e-commerce platform, operating in Pakistan, Bangladesh, Sri Lanka, Nepal, and Myanmar. The company connects millions of customers to thousands of sellers across a market of over 500 million people through advanced technology and logistics.




