NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Darchula Power Limited Concludes AGM; Approves IPO Issuance and Key Project Decisions
    दार्चुला पावर लिमिटेडको साधारणसभा सम्पन्न, आइपिओ निष्काशनदेखि आयोजनाको प्रगतिसम्मका सबै प्रस्ताव पारित
    Investor
    1 min read
    Published on November 30, 2025
    NEPSE TRADING

    दार्चुला पावर लिमिटेडको साधारणसभा सम्पन्न, आइपिओ निष्काशनदेखि आयोजनाको प्रगतिसम्मका सबै प्रस्ताव पारितDarchula Power Limited Concludes AGM; Approves IPO Issuance and Key Project Decisions

    दार्चुला पावर लिमिटेडको वार्षिक साधारणसभा मंसिर १२ गते, शुक्रबार सम्पन्न भयो। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि आइपिओ (प्रारम्भिक सार्वजनिक निष्काशन) जारी गर्ने प्रस्तावसम्मका सबै सामान्य तथा विशेष एजेन्डाहरू सर्वसम्मतिले पारित गरेको कम्पनीले जानकारी दिएको छ।

    अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दार्चुला पावर हाल दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ। करिब रु. ५६६ करोड लागत अनुमान गरिएको आयोजनाको निर्माण तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीको दाबी छ।

    सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन छलफलपछि सर्वसम्मतिले पारित भयो। प्रतिवेदनमा आयोजनाको भौतिक प्रगति, लागत व्यवस्थापन, सञ्चालनगत चुनौती र आगामी वर्षका लक्ष्यहरू समेटिएका थिए। यस्तै, सो आर्थिक वर्षका वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरणलगायत सबै वित्तीय कागजातहरू पनि सभाले अनुमोदन गर्यो। कम्पनीले वित्तीय शिस्त र पारदर्शिताप्रति देखाएको प्रतिबद्धतालाई सभाले प्रशंसा गरेको उल्लेख छ।

    कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्यो।

    साधारणसभाले दार्चुला पावर लिमिटेडले आफ्नो साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) अघि बढाउने प्रस्ताव अनुमोदन गरेको छ। यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरी आइपिओ प्रक्रियालाई अघि सारिसकेको प्रबन्ध निर्देशक शास्वत चालिसेले सभामा जानकारी दिए।

    आइपिओ अघि अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने, र त्यसअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावहरू पनि सभाले स्वीकृत गर्यो।

    सभामा बोल्दै संचालक सञ्जीव न्यौपानेले मध्य चमेलिया जलविद्युत आयोजनाको अहिलेको प्रगति निकै उत्साहजनक रहेको बताए। उनले निर्माण गति, ठेक्का व्यवस्थापन, सामग्री आपूर्ति, स्थानीय समन्वय र वित्त व्यवस्थापनको प्रभावकारी संयोजनका कारण आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न हुन सक्ने आत्मविश्वास व्यक्त गरे।

    कम्पनीको रणनीति, व्यवस्थापन क्षमता र आयोजनाको द्रुत प्रगतिले सेयरधनी तथा सरोकारवालामा सकारात्मक संकेत दिएको सभामा सरोकारवालाहरूको धारणा थियो।

    Darchula Power Limited successfully concluded its Annual General Meeting (AGM) on Friday, Mangsir 12. The company announced that the AGM unanimously approved all general and special resolutions, including the adoption of financial statements for FY 2081/82 and the decision to move forward with its Initial Public Offering (IPO).

    Darchula Power Limited, a subsidiary of Api Power Company Limited, is currently constructing the 28.304 MW Mid Chameliya Hydropower Project in Darchula district. The project, estimated to cost around Rs. 5.66 billion, is progressing rapidly, according to the company.

    During the AGM, the annual report for FY 2081/82 presented by the Chairman of the Board was thoroughly discussed and unanimously passed. The report included updates on physical project progress, financial management, operational challenges, and strategic goals for the upcoming year. Likewise, the AGM approved the balance sheet, profit & loss account, cash flow statement, and all other financial reports for the fiscal year. The company’s commitment to financial discipline, cost control, and transparency was praised by attending shareholders.

    In accordance with Section 111 of the Companies Act, 2063, the AGM also approved the appointment of a new auditor for FY 2082/83.

    One of the major decisions endorsed by the AGM was the issuance of ordinary shares to the public. Managing Director Shaswat Chalise informed that the company has already signed an agreement with Muktinath Capital Limited to proceed with the IPO management process.

    The AGM also approved proposals to increase the company’s authorized and issued capital prior to the IPO, along with necessary amendments to the Memorandum of Association and Articles of Association.

    Speaking at the meeting, Director Sanjeev Neupane highlighted the impressive progress of the Mid Chameliya Hydropower Project. He stated that due to effective construction management, contract handling, timely material supply, local coordination, and robust financial planning, the company is confident of completing the project ahead of the scheduled timeline.

    Shareholders and participants at the AGM expressed that the company’s strategy, strong management, and the rapid progress of the project signal a positive outlook for both the company and its upcoming IPO.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026