NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Data Centers and Cloud Services Are the Backbone of the Digital Economy: CAN Federation
    डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघ
    Investor
    2 min read
    Published on December 21, 2025
    NEPSE TRADING

    डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघData Centers and Cloud Services Are the Backbone of the Digital Economy: CAN Federation

    कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी ले डेटा सेन्टर र क्लाउड सेवालाई नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्डको रूपमा व्याख्या गर्नुभएको छ। बलियो डिजिटल पूर्वाधार बिना देशको डिजिटल रूपान्तरण सम्भव नहुने उहाँको भनाइ छ।

    शनिबार ललितपुरमा आयोजित ‘क्यान बीटुबी (B2B) समिट २०२५’ लाई सम्बोधन गर्दै अधिकारीले प्रविधि आज सुविधा मात्र नभई अर्थतन्त्रको प्राणवायु बनिसकेको उल्लेख गर्नुभयो। सुरक्षित डेटा भण्डारण र भरपर्दो क्लाउड पूर्वाधारको सुनिश्चितता नभए डिजिटल रूपान्तरणका प्रयास दीगो नहुने उहाँको धारणा थियो।

    डिजिटल पूर्वाधारमा लगानी अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले स्टार्टअपदेखि ठूला उद्योगसम्मका लागि क्लाउड सेवा अत्यावश्यक भइसकेको बताउनुभयो। क्लाउड पूर्वाधारले सर्भर र सुरक्षामा लाग्ने ठूलो पुँजीगत खर्च घटाउने भएकाले उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। इ–कमर्स, फिनटेक र आईटी सेवा निर्यातमा युवाहरूको आकर्षणलाई व्यवहारमा उतार्न पनि भरपर्दो क्लाउड संरचना अनिवार्य रहेको उहाँले जोड दिनुभयो।

    विश्वव्यापी तथ्याङ्क प्रस्तुत गर्दै अधिकारीले सन् २०३० सम्ममा डेटा सेन्टरको बजार ६०२ अर्ब अमेरिकी डलरभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको जानकारी दिनुभयो। इस्टोनिया, सिंगापुर र भारतजस्ता देशहरूले डिजिटल पूर्वाधारमा समयमै लगानी गरेकै कारण विश्व प्रतिस्पर्धामा अग्रस्थानमा रहन सफल भएको उल्लेख गर्दै नेपालले पनि ढिलाइ नगरी स्पष्ट रणनीति बनाउनुपर्ने उहाँको भनाइ थियो।

    नेपालको डिजिटल क्षेत्रमा देखिएका चुनौती औंल्याउँदै अधिकारीले साइबर सुरक्षा जोखिम र दक्ष जनशक्तिको अभाव स्वीकार गर्नुभयो। ती चुनौती समाधानका लागि उहाँले तीन बुँदे सुधारको खाका अघि सार्नुभयो। नीतिगत सुधारमार्फत डेटा संरक्षण, साइबर सुरक्षा र डेटा स्थानीयकरणसम्बन्धी स्पष्ट तथा लगानीमैत्री कानुन आवश्यक रहेको उहाँले बताउनुभयो। साथै विश्वविद्यालय र उद्योगबीच सहकार्य गरी बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने र डिजिटल रूपान्तरणलाई काठमाडौं बाहिर ग्रामीण क्षेत्रसम्म विस्तार गर्न दूरसञ्चार विकास कोषको प्रभावकारी प्रयोग गर्नुपर्ने उहाँको सुझाव थियो।

    नेपालको भौगोलिक र रणनीतिक अवस्थाको फाइदा उठाउँदै देशलाई दक्षिण एसियाकै ‘टेक हब’ का रूपमा विकास गर्न सकिने सम्भावना रहेको अधिकारीले औंल्याउनुभयो। सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत विदेशी लगानी आकर्षित गर्न अहिले उपयुक्त समय भएको उहाँको धारणा थियो।

    समिटको समापनमा वरिष्ठ उपाध्यक्ष अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, प्रदर्शक तथा क्यान महासंघका केन्द्र, प्रदेश र जिल्ला तहका सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। सबैको सहकार्यबाट मात्र नेपाली प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सकिने उहाँको विश्वास थियो।

    Lalitpur, Poush 5. Senior Vice President of the Computer Association of Nepal Federation (CAN Federation) Chiranjibi Adhikari has said that data centers and cloud services form the real backbone of Nepal’s digital economy, stressing that the country’s digital ambitions cannot be realized without strong and reliable digital infrastructure.

    Addressing the ‘CAN B2B Summit 2025’ held in Lalitpur on Saturday, Adhikari said technology has moved beyond being a mere convenience and has become the lifeblood of the modern economy. Without secure data storage and dependable cloud systems, he warned, efforts toward digital transformation would not be sustainable.

    Highlighting the need for increased investment in digital infrastructure, Adhikari said cloud services have become indispensable for everyone from startups to large industries. He noted that cloud infrastructure frees entrepreneurs from heavy capital expenditure on servers and security, allowing them to focus on innovation and growth. According to him, a robust cloud ecosystem is essential to translate the growing interest of Nepali youth in e-commerce, fintech, and IT service exports into tangible economic outcomes.

    Presenting global trends, Adhikari said the global data center market is projected to exceed USD 602 billion by 2030. He pointed out that countries such as Estonia, Singapore, and India have gained a competitive edge precisely because of their early and consistent investment in digital infrastructure, urging Nepal not to delay in formulating a similar long-term strategy.

    Acknowledging existing challenges, Adhikari said Nepal’s digital landscape remains vulnerable in terms of cybersecurity and also suffers from a shortage of skilled manpower. To address these gaps, he proposed a three-point reform agenda. This includes developing clear and investment-friendly laws on data protection, cybersecurity, and data localization; producing market-oriented human resources through closer collaboration between universities and industry; and promoting digital inclusion by effectively utilizing the Telecommunications Development Fund to extend digital transformation beyond Kathmandu to rural areas.

    Adhikari also underlined Nepal’s potential to emerge as a regional technology hub in South Asia by leveraging its strategic location. He said the current period is opportune for attracting foreign investment through public–private partnerships, particularly in data centers and cloud infrastructure.

    Concluding the summit, Adhikari thanked sponsors, exhibitors, and CAN Federation members at the central, provincial, and district levels for their support. He said only through collective effort and collaboration can Nepal’s technology sector be taken to new heights.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026