NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Daunne Agro Farm’s Annual Egg Production Surpasses 110 Million, Moves Forward with IPO Pro...
    दाउन्ने एग्रो फार्मको वार्षिक अण्डा उत्पादन ११ करोड नाघ्यो, आईपीओ प्रक्रियामा प्रवेश
    Investor
    1 min read
    Published on August 11, 2025
    NEPSE trading

    दाउन्ने एग्रो फार्मको वार्षिक अण्डा उत्पादन ११ करोड नाघ्यो, आईपीओ प्रक्रियामा प्रवेशDaunne Agro Farm’s Annual Egg Production Surpasses 110 Million, Moves Forward with IPO Process

    आईपीओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले गत आर्थिक वर्षमा रु ११ करोड ११ लाख ४२ हजार मूल्यबराबरको अण्डा उत्पादन गरेको छ। कम्पनीले एक वर्षमा पाँच लाख २९ हजार २५० पेटी अण्डा उत्पादन गरी बिक्री गरेको हो। कम्पनीका अध्यक्ष विनोद पोखरेलका अनुसार हाल दैनिक एक हजार ४५० पेटी अण्डा उत्पादन हुँदै आएको छ।

    नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ सर्दीस्थित करिब ११ बिघा क्षेत्रफलमा फैलिएको फार्ममा कम्पनीले कुखुरापालन गर्दै आएको छ। हाल फार्ममा चार लाख कुखुरा रहेका छन् भने निकट भविष्यमा यस संख्या छ लाख पुर्‍याउने लक्ष्य लिइएको छ।

    गत आर्थिक वर्षमा कम्पनीले रु ८ करोड १५ लाख ९० हजार नाफा आर्जन गरेको छ। प्रति शेयर आम्दानी (EPS) १८.३७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३.६४ रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको नाफा रु २ करोड ६३ लाख मात्र थियो। त्यतिबेला कम्पनीको चुक्ता पूँजी रु २७ करोड रहेकोमा गत वर्ष बढेर रु ५० करोड पुगेको छ।

    कम्पनीको साधारणसभाले २०८१/८२ को आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। साथै विशेष प्रस्तावअन्तर्गत आईपीओ जारी गर्न आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा भइसकेको र त्यससम्बन्धी प्रस्ताव अनुमोदन गरिएको छ।

    साधारणसभामा संस्थापक अध्यक्ष रघुनाथ भट्ट, सञ्चालक हेमराज बडाल, डा. अनन्त दाहाल, डा. आशिष पोखरेल, वित्तीय सल्लाहकार ऋषिराम चालिसे, आध्यान्त फण्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेल र शेयरधनी प्रतिनिधि माधवप्रसाद अर्यालले धारणा राखेका थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विजयप्रसाद पौडेल र कम्पनी सचिव सुरेन्द्रनाथ रेग्मीले आर्थिक प्रतिवेदन तथा कम्पनीको अवस्था बारे जानकारी दिएका थिए।

    साधारणसभाको अवसरमा संस्थापक अध्यक्ष रघुनाथ भट्ट, पूर्व सञ्चालक द्रोणप्रसाद लामिछाने र हिमालय पौडेललाई सम्मान गरिएको थियो।

    Daunne Agro Farm Limited, which is preparing to issue its Initial Public Offering (IPO), produced eggs worth NPR 111,142,000 in the last fiscal year. The company produced and sold 529,250 crates of eggs over the year. According to Chairman Binod Pokharel, the farm is currently producing 1,450 crates of eggs daily.

    Located on about 11 bighas of land in Sardi, Binayi Tribeni Rural Municipality–3, Nawalparasi (Susta East–Triveni East), the farm is currently home to 400,000 chickens, with plans to increase the number to 600,000 in the near future.

    In the last fiscal year, the company earned a net profit of NPR 81.59 million. Its Earnings Per Share (EPS) reached NPR 18.37, a significant rise from NPR 3.64 in FY 2080/81. In FY 2080/81, the company’s net profit stood at NPR 26.3 million. The company’s paid-up capital increased from NPR 270 million in FY 2080/81 to NPR 500 million in the last fiscal year.

    The company’s annual general meeting (AGM) unanimously approved the financial and progress report for FY 2081/82. Under a special resolution, the AGM also approved the proposal to proceed with the IPO issuance, with all necessary legal processes already completed.

    During the program, Founder Chairman Raghunath Bhatt, Directors Hemraj Badal, Dr. Ananta Dahal, Dr. Ashish Pokharel, Financial Advisor Rishiram Chalise, Chairman of Adhyant Fund Management Manoj Paudel, and shareholder representative Madhav Prasad Aryal expressed their views.

    Chief Executive Officer Bijay Prasad Paudel and Company Secretary Surendranath Regmi presented the financial report and shared updates about the company. On the occasion of the AGM, Founder Chairman Raghunath Bhatt, former Directors Dron Prasad Lamichhane, and Himalaya Paudel were honored.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026