१० ठूला वाणिज्य बैंकको ऋण गुणस्तर जाँचका लागि परामर्शदाता छनोट प्रक्रियामा समय थप
Author
NEPSE trading
नेपाल राष्ट्र बैंकले नेपालमा सञ्चालनमा रहेका १० ठूला वाणिज्य बैंकको ऋण गुणस्तर जाँच (लाेन पाेर्टफाेलियाे रिभ्यु - एलपीआर) गर्न परामर्शदाता छनोट प्रक्रियामा आशय पत्र पेस गर्ने समय थप गरेको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै आशय पत्र पेस गर्ने म्याद पुस २२ गतेबाट एक हप्ता थप गरी पुस २९ गतेसम्म पुर्याइएको जानकारी दिएको छ।
बाह्य मूल्याङ्कनकर्ता छनोट गर्दा व्यक्तिकाे वा संस्थाकाे योग्यतालाई ५० अंक, अनुभवलाई ४० अंक र क्षमतामा १० अंक गरी जम्मा १०० अंकका आधारमा मूल्याङ्कन गरिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ। दोस्रो चरणमा छनोट हुनका लागि कम्तीमा ६० अंक प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ।