·

आइएफआइसी बैंकले नबिल बैंकमा कायम संस्थापक सेयर बिक्री नगर्ने

Author

NEPSE trading

आइएफआइसी बैंकले नबिल बैंकमा कायम संस्थापक सेयर बिक्री नगर्ने

इन्टरनेसनल फाइनान्स इन्भेष्टमेन्ट एन्ड कमर्स बैंक लिमिटेड (आइएफआइसी बैंक), बंगलादेशले नबिल बैंकमा आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री नगर्ने निर्णय गरेको छ। आइएफआइसी बैंकले २०७९ मंसिर १५ गते नबिल बैंकमा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर र बोनस सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको थियो। तर, अहिले आइएफआइसी बैंकले सेयर बिक्री प्रक्रिया स्थगित गरी संस्थापक सेयरलाई कायम राख्ने निर्णय गरेको छ। यससँगै, सेयर खरिद गर्ने प्रस्ताव गरेका अन्य संस्थापक सेयरधनीहरूले पनि आफ्नो निवेदन फिर्ता लिएका छन्। अब यी सेयरहरू नबिल बैंकमै रहनेछन्।

Related News