NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Delay in Full Audit of Commercial Banks Amid IMF Loan Condition Dispute
    १० वाणिज्य बैंक : अन्तर्राष्ट्रिय लेखा परीक्षणमा ढिलाइ, आईएमएफको सर्त प्रभावित
    Top
    3 min read
    Published on June 8, 2025
    NEPSE trading

    १० वाणिज्य बैंक : अन्तर्राष्ट्रिय लेखा परीक्षणमा ढिलाइ, आईएमएफको सर्त प्रभावितDelay in Full Audit of Commercial Banks Amid IMF Loan Condition Dispute

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत नेपालले पाउने कर्जाको बाँकी किस्ता प्रभावित हुने अवस्था सिर्जना भएको छ। राष्ट्र बैंकले १० वाणिज्य बैंकहरूको पूर्ण लेखा परीक्षणका लागि अघि बढाएको प्रक्रिया विवादमा फसेपछि लेखा परीक्षण कार्य ढिलाइ हुने निश्चित भएको हो।

    राष्ट्र बैंकले छनोट गरेको बंगलादेशी लेखा परीक्षण संस्था हाउलादार युनुस एन्ड कम्पनी को विरुद्धमा प्रतिस्पर्धी संस्था मेहेरा–जेकेएसएस–एसएसबीडीआई ज्वाइन्ट भेन्चर ले सर्वोच्च अदालतमा रिट दायर गरेपछि प्रक्रिया रोकिएको छ। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ।

    प्रक्रिया झन जटिल

    राष्ट्र बैंकले गत वर्षको किस्ता रोकिएपछि आईएमएफको सर्त अनुसार खुला प्रतिस्पर्धाबाट अन्तर्राष्ट्रिय लेखा परीक्षण फर्म छनोट गर्ने प्रक्रिया सुरु गरेको थियो। पहिलो चरणमा छनोटमा परेको केपीएमजी अस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस, भारत ले अत्यधिक शुल्क मागेपछि प्रक्रिया रद्द गरिएको थियो।

    त्यसपछि पुनः नयाँ प्रतिस्पर्धाबाट सर्ट लिस्टमा छानिएका ६ मध्ये उत्कृष्ट प्रस्ताव दिएको हाउलादार युनुस एन्ड कम्पनीलाई काम दिन लागिएको हो। तर, प्रतिस्पर्धी फर्मले न्यायालयको ढोका ढकढक्याएपछि प्रक्रिया अदालतमा पुगेको छ।

    लेखा परीक्षण अनिश्चित

    राष्ट्र बैंकले आगामी असारदेखि लेखा परीक्षण सुरु गर्ने तयारी गरिरहेको भए पनि अब त्यसको मिति अनिश्चित बनेको छ। अदालतले १५ दिनभित्र छनोटसम्बन्धी सम्पूर्ण कागजात मागेको छ। त्यसपछि छलफलको मिति तोकिनेछ।

    आईएमएफको सर्त अनुसार १० वटा वाणिज्य बैंकहरूको सम्पूर्ण लेखा परीक्षण गर्नु पर्नेछ, जसमा कर्जाको आकार, डिफल्ट दर र सम्पत्तिको गुणस्तर मुख्य आधार हुने जनाइएको छ।

    राष्ट्र बैंक स्रोतका अनुसार लेखा परीक्षणका लागि २२ जना जनशक्ति आवश्यक हुनेछ, जसमा केन्द्रीय बैंकका २ जना प्रतिनिधिसमेत रहनेछन्। हरेक बैंकमा लेखा परीक्षक र राष्ट्र बैंकका गरी ४ जनाको टोली खटाइनेछ।

    आईएमएफको दबाब र सर्त

    आईएमएफले कुल २८ करोड २४ लाख २० हजार अमेरिकी डलर बराबरको विस्तारित कर्जा सुविधा दिने प्रतिबद्धता जनाएको छ। हालसम्म पाँच किस्ता (२० करोड ५३ लाख ३० हजार डलर) भुक्तानी दिइसकेको छ भने बाँकी ८ करोड ७० लाख ९० हजार डलर भुक्तानी गर्न बाँकी छ।

    प्रत्येक किस्ताअघि अर्थतन्त्रको मूल्यांकन र सर्तहरूको समीक्षा हुने भएकाले लेखा परीक्षणको ढिलाइले बाँकी किस्तामा असर पर्न सक्ने जोखिम छ। आईएमएफले नेपाली बैंकिङ प्रणालीमा इभरग्रीनिङको शंका गर्दै कर्जाको गुणस्तरबारे गहिरो अनुसन्धान गर्न दबाब दिँदै आएको थियो।

    बैंकहरूको चयनमा विवाद

    सर्ट लिस्टमा रहेका अन्य प्रतिस्पर्धी फर्महरूमध्ये डेलोइट श्रीलंका, एमएसके भारत, केपीएमजी भारत, एसआरबीए एन्ड बीके अग्रवाल भारतजस्ता ठूला फर्महरू पनि रहेका थिए। तर, यीमध्ये उत्कृष्ट प्रस्ताव बुझाउने हाउलादार युनुस एन्ड कम्पनी छनोट भएपछि विवाद उत्पन्न भएको हो।

    अदालती आदेश र लेखा परीक्षणमा भएको ढिलाइका कारण आईएमएफको बाँकी कर्जा सुविधा प्राप्ति अन्योलमा परेको छ। आईएमएफसँगको सहकार्य र पारदर्शी वित्तीय प्रणाली निर्माणका लागि यो लेखा परीक्षण अत्यावश्यक मानिएको छ। अब अदालतको निर्णय र छलफलपछि मात्रै लेखा परीक्षणको नयाँ मिति तय हुनेछ।

    The full audit of ten commercial banks required under the International Monetary Fund’s (IMF) Extended Credit Facility (ECF) condition is now facing delays, following legal disputes over the selection of the auditing firm by Nepal Rastra Bank (NRB).

    The central bank had selected Haolader Yunus & Co. of Bangladesh for the second phase of auditing, set to begin in mid-July (Asar), but the selection has been challenged in Nepal’s Supreme Court by rival bidder Mehera–JKSS–SSBDI Joint Venture, which was not chosen.

    Following a hearing on Friday, Justice Hari Prasad Phuyal’s single bench issued an interim order and summoned both parties for a detailed hearing. The complainant argues that a technically weaker firm was selected in violation of competitive standards and has sought judicial review.

    Court Intervention Halts Process

    According to the petitioner Satish Subedi, director of S. Subedi & Associates, the selected firm lacked the credentials and capacity outlined by the IMF’s requirements. The Supreme Court has given the central bank 15 days to submit the selection-related documents for review, after which the final hearing will be scheduled.

    Although NRB was preparing to start the audit in July, the process now remains uncertain due to the legal challenge. Central bank officials have confirmed that the timeline will depend on the court’s outcome.

    Background and IMF Loan Link

    The IMF had made the full audit of active commercial banks a mandatory structural benchmark under its ECF program. This is part of efforts to ensure transparency, assess the quality of assets, and evaluate loan portfolios, particularly amid concerns over non-performing loans and "evergreening" practices in Nepal’s banking system.

    The central bank had initially selected KPMG Assurance & Consulting Services (India) through open bidding, but the selection was scrapped after the firm demanded a significantly higher budget. A second round of shortlisting was then conducted, which included:

    • Deloitte Partner (Sri Lanka)

    • Haolader Yunus & Co. (Bangladesh)

    • KPMG Assurance & Consulting Services (India)

    • Mehera–JKSS–SSBDI JV (India)

    • MSK & Associates (India)

    • SRBA & BK Agrawal & Co. (India)

    Among these, Haolader Yunus & Co. submitted the best technical proposal and was selected. The firm has until June 7 to submit its financial proposal. However, the legal dispute now jeopardizes the start of the auditing process.

    Scope of the Audit

    The full audit will not just examine loans, but the entire financial health of the selected ten commercial banks. The focus will be on loan size, default rates, and asset quality, which the IMF believes have been poorly managed or misrepresented.

    NRB estimates the process will require 22 auditors from the selected firm, supported by two central bank staff in each of the ten banks.

    Banks suspected of weak asset quality and poor adherence to prudent banking practices will be prioritized for this audit. The selection model was created by the auditing firm, while the framework was outlined by NRB.

    Remaining IMF Tranche at Risk

    Nepal has been promised a total of $282.42 million under the IMF’s ECF program, to be disbursed in seven tranches. So far, five tranches have been released, and $87.09 million remains pending. Each disbursement is conditional upon structural benchmarks like financial sector audits and macroeconomic reviews.

    This audit delay poses a direct risk to Nepal receiving the remaining disbursement on schedule.

    The full audit of commercial banks – a key condition for securing IMF funding – is now in limbo. The matter’s escalation to the Supreme Court has put NRB’s process under scrutiny and delayed the entire compliance timeline. The future of Nepal’s remaining IMF disbursement now hinges on the court’s decision and how swiftly the auditing process can resume.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026