NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Deposits Rising in Banks, But Small Financial Institutions Struggle With Loan Recovery
    बैंकमा बचत बढ्दै, साना वित्त कम्पनीमा ऋण फिर्ता नहुन सक्ने जोखिम
    Investor
    2 min read
    Published on June 13, 2025
    NEPSE trading

    बैंकमा बचत बढ्दै, साना वित्त कम्पनीमा ऋण फिर्ता नहुन सक्ने जोखिमDeposits Rising in Banks, But Small Financial Institutions Struggle With Loan Recovery

    देशको बैंकिङ प्रणालीमा नागरिकको भरोसा बढ्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य, विकास र वित्त कम्पनीहरूले देशको कूल गार्हस्थ उत्पादन (जीडीपी) को ११२.७३ प्रतिशत बराबरको निक्षेप संकलन गरेका छन् । यसले बैंकमा नागरिकको बचत प्रवाह सशक्त रूपमा बढेको पुष्टि गर्छ ।

    यसै अवधिमा बैंकहरूले ९०.५४ प्रतिशत बराबरको कर्जा प्रवाह गरेका छन्, जसले आर्थिक क्रियाकलापमा बैंकिङ क्षेत्रको प्रत्यक्ष संलग्नता देखाउँछ । बैंकहरूले जम्मा गरेका निक्षेपको तुलनामा ८०.३१ प्रतिशत कर्जा प्रवाह गरिएको छ, जुन स्वस्थ अनुपात हो ।

    तर, सबै प्रकारका वित्तीय संस्थाले कर्जा असुलीमा एकै खालको सफलता हासिल गरेका छैनन् । विशेषगरी ‘सि’ वर्गमा पर्ने साना वित्त कम्पनीहरूले दिएको कर्जाको ठूलो हिस्सा नासो हुन पुगेको देखिन्छ । तथ्यांकअनुसार, सि वर्ग संस्थाको कुल कर्जामध्ये १३.०४ प्रतिशत कर्जा नासो (NPL) मा परिणत भएको छ । यसले यस्ता साना संस्थामा जोखिम बढेको स्पष्ट देखाउँछ । यता, वाणिज्य बैंकमा नासो कर्जा दर ५.०५ प्रतिशत र विकास बैंकमा ५.५६ प्रतिशत रहेको छ ।

    निक्षेपको संरचना

    बैंकहरूमा रहेको कुल निक्षेपमध्ये स्थायी खाताको हिस्सा सबैभन्दा बढी ५०.५९ प्रतिशत छ । योभन्दा कम ३५.७४ प्रतिशत बचत खातामा र ५.६१ प्रतिशत चालु खातामा रहेको छ । यसले बैंकमा रहेका निक्षेपमध्ये धेरैजसो दीर्घकालीन खातामा रहेको र तरलता केही कम हुने सम्भावना पनि देखाउँछ ।

    तरलता अवस्था

    बैंकहरूले कुल निक्षेपको ७.३२ प्रतिशत नगद वा अन्य बैंकहरूमा राखेका छन् । सरकारी बन्ड तथा बिलहरूमा लगानीको हिस्सा १६.५९ प्रतिशत छ भने कुल तरल सम्पत्ति अनुपात २४.८५ प्रतिशत रहेको छ । यो अनुपातले बैंकहरू तत्काल निकासीको माग पूरा गर्न सक्षम रहेको देखाउँछ ।

    पुँजीको अवस्था

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार बैंकहरूले कम्तीमा ८.५ प्रतिशत कोर पुँजी तथा ११ प्रतिशत सम्म कुल पुँजी राख्नुपर्ने हुन्छ । राष्ट्र बैंकले संकलन गरेको तथ्यांकअनुसार बैंकहरूको कोर पुँजी अनुपात ९.५७ प्रतिशत र कुल पुँजी अनुपात १२.४२ प्रतिशत छ । यसले बैंकहरूको वित्तीय अवस्था सुदृढ रहेको संकेत गर्छ ।

    वित्तीय पहुँच र डिजिटल सेवा

    हालसम्म देशभर ५४ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । ती संस्थाहरूको ६ हजार ५ सय ७ वटा शाखा छन्, जसले ५९ लाखभन्दा बढी निक्षेप खाता तथा १९ लाख ५३ हजार कर्जा खाता सेवा दिइरहेका छन् ।

    डिजिटल बैंकिङ सेवाको विस्तार उल्लेखनीय देखिएको छ ।

    • मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २७३ लाख पुगेको छ ।

    • इन्टरनेट बैंकिङ प्रयोगकर्ता २४ लाख नाघेका छन् ।

    • कुल १३५ लाख डेबिट कार्ड, ३ लाख ६ हजार क्रेडिट कार्ड र २ लाख ४० हजार प्रिपेड कार्ड प्रयोगमा छन् ।

    ब्याजदर हालको अवस्था अनुसार

    • औसत निक्षेपमा बैंकहरूले ४.३७ प्रतिशत ब्याज दिइरहेका छन्,

      • जसमा बचतमा ३.३८%, स्थायी निक्षेपमा ५.९७% र कल निक्षेपमा १.१०% ब्याज पाइन्छ ।

    • औसत कर्जा ब्याजदर ८.११ प्रतिशत छ ।

      • यो अनुपातले बैंकहरूलाई लगभग ३.७४% ब्याज फैलावट (Interest Spread) दिन्छ, जुन तिनीहरूको सञ्चालन मुनाफा कायम राख्न पर्याप्त मानिन्छ ।

    वित्तीय विश्लेषकहरू भन्छन्, "वाणिज्य बैंकको अवस्था सन्तोषजनक देखिए पनि विकास बैंक र साना वित्त कम्पनीहरूमा कर्जा असुली कमजोर देखिएको छ । यस्ता संस्थाको निगरानी कडाइ गर्न आवश्यक छ । साथै, कर्जा वितरणमा गुणस्तरीय मूल्याङ्कन र जोखीम व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ ।"

    देशको बैंकिङ प्रणाली डिजिटल रूपमा फैलिँदो, कर्जा प्रवाहमा सन्तुलित र तरलतामा सक्षम देखिएको छ । तर, साना वित्त कम्पनीहरूको जोखिम, नासो कर्जाको वृद्धिदर र ऋणको गुणस्तर जस्ता पक्षमा समयमै सुधार नगरे आर्थिक स्थायित्वमा असर पर्न सक्ने विश्लेषकहरूको चेतावनी छ ।

    Deposits Rising in Banks, But Small Financial Institutions Struggle With Loan Recovery

    Nepal’s banking system continues to gain public trust as total deposits surge to more than the country’s GDP. However, rising non-performing loans (NPLs) in smaller financial institutions have raised concerns about credit discipline and risk management.

    According to the latest financial indicators published by Nepal Rastra Bank for mid-May 2025 (Baisakh end, 2082), the total deposit held by banks and financial institutions stood at 112.73% of the GDP, while the credit-to-GDP ratio was 90.54%. These figures reflect a robust flow of savings and credit in the formal banking sector.

    Credit and Deposit Balance

    Banks have deployed 80.31% of total deposits as loans, maintaining a balanced credit-deposit ratio. In addition, the CD ratio based on the NRB formula is at 79.13%, staying within a healthy liquidity threshold.

    The deposit structure reveals that 50.59% of total deposits are held in fixed-term accounts, 35.74% in savings, and just 5.61% in current accounts. This indicates that the majority of funds in the banking system are locked in long-term savings instruments.

    Loan Recovery Weak in Small Institutions

    While Class A commercial banks and Class B development banks have maintained relatively stable loan portfolios, Class C financial institutions (finance companies) are showing worrying signs.

    • Their NPL ratio has surged to 13.04%,

    • Compared to 5.05% in commercial banks and 5.56% in development banks.

    This points to rising credit risk and the need for immediate regulatory scrutiny and stronger loan appraisal systems in smaller institutions.

    Liquidity Position

    Banks have maintained 7.32% of total deposits as cash and bank balances, and invested 16.59% in government securities. Overall, the total liquid asset ratio stands at 24.85%, indicating strong short-term liquidity across the sector.

    Capital Strength

    Nepal’s banks remain well-capitalized:

    • Core Capital to Risk-Weighted Assets (RWA): 9.57%

    • Total Capital to RWA: 12.42%

    Both ratios exceed the regulatory minimum under Basel III norms, reflecting a healthy capital buffer.

    Financial Access and Digital Expansion

    As of mid-May 2025:

    • 54 licensed financial institutions operate with 6,507 branches nationwide.

    • There are 59 million deposit accounts and nearly 1.95 million loan accounts.

    • 951 branchless banking centers serve nearly 288,000 rural clients.

    Digital penetration continues to grow rapidly:

    • 27.26 million mobile banking users

    • 2.42 million internet banking users

    • Over 13.5 million debit cards and 306,000 credit cards are in use.

    The adoption of digital finance tools signals a major transformation in Nepal’s financial inclusion strategy.

    Interest Rates

    • Weighted Average Deposit Rate: 4.37%

      • Savings: 3.38%, Fixed: 5.97%, Call: 1.10%

    • Weighted Average Lending Rate: 8.11%

    The interest spread stands at approximately 3.74%, ensuring a profitable margin for banks.

    Expert Views

    Financial analysts warn that although overall indicators look positive, the situation in small finance companies must be addressed urgently.

    “The growing NPL in Class C institutions shows weak loan screening and poor follow-up,” says a senior banking analyst. “If this is not managed soon, it could undermine the sector’s stability.”

    Nepal’s banking system remains strong in terms of deposits, liquidity, capital adequacy, and digital access. However, emerging risks in loan recovery—especially in smaller financial institutions—need to be mitigated through timely regulation, improved governance, and robust credit evaluation practices.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026