डिप्रोक्स लघुवित्त : १५% लाभांश प्रस्ताव
Author
NEPSE TRADING

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीका अनुसार कुल लाभांश रकम करिब २८ करोड २ लाख रुपैयाँ बराबर हुनेछ।
मंसिर २५ गते बसेको सञ्चालक समितिको ३८५औँ बैठकले चुक्ता पुँजी १ अर्ब ८६ करोड रुपैयाँमा आधारित भएर १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त अनुसार बोनस सेयरको मूल्य करिब १८ करोड ६८ लाख रुपैयाँ र नगद लाभांश करिब ९ करोड ३४ लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।
डेप्रोक्स लघुवित्तको सेयर मूल्य आइतबारको कारोबारमा ८६८ रुपैयाँ ३० पैसा मा बन्द भएको थियो।


