NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Deurali Janta Pharmaceuticals Posts Rs 2.35 Billion Profit, Financial Strength Improves
    देउराली जनता फर्मास्युटिकल्सको नाफा २ अर्ब ३५ करोड रुपैयाँ पुग्यो
    Investor
    2 min read
    Published on January 24, 2026
    NEPSE TRADING

    देउराली जनता फर्मास्युटिकल्सको नाफा २ अर्ब ३५ करोड रुपैयाँ पुग्योDeurali Janta Pharmaceuticals Posts Rs 2.35 Billion Profit, Financial Strength Improves

    औषधि उत्पादनको क्षेत्रमा करिब साढे तीन दशकदेखि सक्रिय देउराली जनता फर्मास्युटिकल्स प्रालीले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीको नाफा पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ।

    प्रतिवेदनका अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो। त्यसअगाडि २०७९/८० मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ र २०७८/७९ मा १ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो। यसले कम्पनीको व्यवसायिक वृद्धि र वित्तीय सुदृढीकरणलाई स्पष्ट संकेत गर्ने इक्रा नेपालको निष्कर्ष छ।

    सन् १९९१ मा स्थापना भएको देउराली जनता फर्मास्युटिकल्सले मुटुरोग, मधुमेह, स्त्री तथा शिशु स्वास्थ्य, कलेजो रोग, छाला रोगलगायतका विभिन्न क्षेत्रमा प्रयोग हुने २५० भन्दा बढी प्रकारका सामान्य तथा विशिष्टीकृत औषधि उत्पादन गर्दै आएको छ। कम्पनीको उत्पादन पोर्टफोलियो र उपचारात्मक क्षेत्रको व्यापकता यसका मुख्य बलिया पक्षका रूपमा उल्लेख गरिएको छ।

    कम्पनीको सेयर स्वामित्व मुख्य रूपमा कार्यकारी निर्देशक तथा अध्यक्ष हरि भक्त शर्माको रहेको छ। शर्मा करिब ७१ प्रतिशत सेयरका धनी छन् भने बाँकी सेयर उनका परिवारका सदस्य तथा निकट सहयोगीहरूको स्वामित्वमा रहेको छ।

    इक्रा नेपालको प्रतिवेदनअनुसार जुलाई २०२५ मध्यसम्म कम्पनीको लो गियरिङ ०.३ गुणा र कुल बाह्य दायित्व र वास्तविक नेट वर्थ अनुपात ०.७ गुणा रहेको छ। कभरिज सूचकहरू पनि सुदृढ देखिएका छन्, जसले कम्पनीको ऋण तिर्ने क्षमता बलियो रहेको संकेत गर्छ।

    कम्पनीको वित्तीय अवस्थालाई वर्षौंदेखि अपनाइँदै आएको नियन्त्रित लाभांश नीति र त्यसबाट सिर्जित आन्तरिक संचित लाभले समर्थन गरेको छ। यसले नियमित नगद प्रवाह सुनिश्चित गर्नुका साथै वृद्धि सम्भावना र आवश्यक पूँजी खर्चलाई सन्तुलित रूपमा व्यवस्थापन गर्न मद्दत पुर्‍याएको इक्रा नेपालको विश्लेषण छ।

    यस्तै, पर्याप्त तरलता स्थिति, पर्याप्त ड्रइङ पावरको हेडरूम, र २०० भन्दा बढी वितरकहरूसँगको स्थापित आपूर्ति श्रृंखलाले भविष्यमा आम्दानी वृद्धिलाई निरन्तरता दिने आधार तयार पारेको प्रतिवेदनले उल्लेख गरेको छ। इक्रा नेपालका अनुसार यी सबै पक्षले कम्पनीको दीर्घकालीन स्थायित्व र वित्तीय स्वास्थ्यलाई सकारात्मक बनाउने देखिन्छ।

    Deurali Janta Pharmaceuticals Pvt Ltd, a long-established player in Nepal’s pharmaceutical manufacturing sector, has recorded a profit of Rs 2.35 billion in the fiscal year 2081/82, reflecting steady growth in its business performance.

    According to a report published by credit rating agency ICRA Nepal, the company’s profitability has shown a consistent upward trend in recent years. In fiscal year 2080/81, the company had earned a profit of Rs 2.02 billion, while in 2079/80 it posted earnings of Rs 1.86 billion. Earlier, in fiscal year 2078/79, the company’s income stood at around Rs 1.70 billion. The data highlights a sustained improvement in operational scale and earnings capacity.

    Established in 1991, Deurali Janta Pharmaceuticals has built a strong presence in the domestic market by producing more than 250 types of general and specialized medicines. Its product range covers major therapeutic areas including cardiovascular diseases, diabetes, gynecology and child health, liver-related ailments, and dermatological conditions. The wide therapeutic coverage has helped the company diversify revenue sources and reduce dependence on a single product segment.

    In terms of ownership, the company is primarily controlled by its Executive Director and Chairman Hari Bhakta Sharma, who holds around 71 percent of the total shares. The remaining shares are owned by members of his family and close associates, indicating a closely held ownership structure.

    The ICRA Nepal report notes that as of mid-July 2025, the company maintains a low gearing ratio of 0.3 times, while the ratio of total external liabilities to tangible net worth stands at 0.7 times. These indicators point to limited reliance on external borrowing and a relatively strong balance sheet. Coverage indicators are also described as comfortable, suggesting the company has sufficient earnings to meet its financial obligations.

    The company’s financial position is further supported by strong internal accruals generated over the years. A conservative dividend policy has enabled Deurali Janta Pharmaceuticals to retain profits, ensuring regular cash flows and strengthening its capital base. This approach has helped the company fund growth opportunities and routine capital expenditure without significantly increasing debt.

    ICRA Nepal has also highlighted the firm’s adequate liquidity position, sufficient drawing power headroom, and a well-established supply chain network involving more than 200 distributors across the country. These factors are expected to contribute positively to revenue stability and future growth, reinforcing the company’s overall credit profile and long-term sustainability.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026