NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Devastating Floods in Rasuwa: 200 MW Power Generation Halted, Major Damage at Rasuwa Gadhi...
    रसुवामा बाढीको वितण्डा : दुई सय मेगावाट विद्युत् उत्पादन बन्द, RHPL मा सबैभन्दा ठूलो क्षति
    Investor
    1 min read
    Published on July 8, 2025
    NEPSE TRADING

    रसुवामा बाढीको वितण्डा : दुई सय मेगावाट विद्युत् उत्पादन बन्द, RHPL मा सबैभन्दा ठूलो क्षतिDevastating Floods in Rasuwa: 200 MW Power Generation Halted, Major Damage at Rasuwa Gadhi Hydropower

    हालै आएको भीषण बाढीले रसुवा जिल्लाका प्रमुख जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्‍याएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवा करिडोर अन्तर्गतका आयोजनाबाट उत्पादन हुँदै आएको करिब २ सय मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। बाढीले सबैभन्दा ठूलो क्षति १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना (RHPL) मा पुर्‍याएको छ।

    प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार आयोजनाको मुख्य बाँधको एउटा गेट बगाएको छ भने परियोजनामा रहेको पुल चर्किँदा सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। यद्यपि, पावरहाउसमा भने खासै क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। टेलरेस क्षेत्रमा ढुंगा-माटो जमेको देखिए तापनि संरचनागत क्षति भने नभएको बताइएको छ।

    त्यस्तै, ६० मेगावाट क्षमताको त्रिशूली ३ ‘ए’ आयोजनामा पनि बाढी पसेको छ। आयोजनाको भवनमा क्षति पुगेको देखिए पनि विस्तृत विवरण आउन बाँकी रहेको छ। त्रिशूली ३ ‘बी’ सबस्टेसन हिलोले पुरिएको कारण उत्पादन कार्य स्थगित भएको छ। अर्कोतर्फ, चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसमा पानी पसेको छ, तर ठूलो क्षति नभएको प्रारम्भिक विवरण आएको छ।

    बाढीको कारण त्रिशूली नदी किनारमा रहेको प्रसारण लाइनको बाइपास टावर समेत बगाएको पुष्टि प्राधिकरणले गरेको छ। यी सबै क्षतिका कारण त्रिशूली करिडोरमा रहेका विद्युत् आयोजनाबाट उत्पादन हुँदै आएको करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको हो।

    प्राधिकरणले तत्काल क्षतिको मूल्यांकन कार्य अघि बढाएको छ र यथासक्य छिटो मर्मत तथा पुनर्निर्माण सुरु गरी उत्पादन पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ। तर, प्रभावित आयोजनाहरू पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने प्राधिकरणको अनुमान छ।

    बाढीको यो असर राष्ट्रिय विद्युत् आपूर्तिमा समेत अवरोध ल्याउने देखिएको छ, जसले ऊर्जा आपूर्तिमा थप दबाब सिर्जना गर्नसक्ने अनुमान गरिएको छ।

    A recent massive flood has caused significant destruction to major hydropower projects in the Rasuwa district of Nepal. According to the Nepal Electricity Authority (NEA), nearly 200 megawatts of electricity generation has been completely shut down due to the damage in the Rasuwa corridor.

    The Rasuwa Gadhi Hydropower Project (RHPL), with a capacity of 111 MW, has suffered the most severe damage. NEA Managing Director Hitendra Dev Shakya confirmed that one of the main dam gates was washed away and the bridge connecting the project site has cracked, cutting off all access. However, the powerhouse itself has reportedly not sustained major damage. Though debris and mud have accumulated in the tailrace area, there is no structural damage as per initial assessments.

    Similarly, the 60 MW Trishuli 3A Hydropower Project has also been affected. Floodwaters entered the project's buildings, and while the full extent of the damage is yet to be confirmed, the Trishuli 3B substation has been buried under mud, halting electricity production there as well.

    In another incident, water entered the powerhouse of the Chilime Hydropower Project, but initial reports indicate no significant damage. However, a bypass transmission tower along the Trishuli River bank has been swept away by the flood, further worsening the disruption.

    As a direct result of these impacts, approximately 200 MW of electricity generation from NEA-operated projects in the Trishuli corridor has come to a complete halt. The authority has begun assessing the full extent of the damage and is preparing to initiate urgent repair and reconstruction work to restore operations.

    NEA has also estimated that it will take some time to bring the affected projects back into operation, potentially putting pressure on the country’s electricity supply in the interim.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026