
Top
1 min read
NEPSE TRADING
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि, पेट्रोल यथावत्Diesel, Kerosene and Aviation Fuel Prices Hiked; Petrol Unchanged
नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य समायोजन गरेको छ । बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँले मूल्य बढाइएको छ । समायोजनपछि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २३४.५० रुपैयाँदेखि २३७ रुपैयाँसम्म पुगेको छ, जसअनुसार काठमाडौं उपत्यकामा डिजेलको मूल्य २३७ रुपैयाँ कायम भएको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ तोकिएको छ। पेट्रोलको मूल्य भने यथावत् राखिएको छ। मूल्य समायोजनपछि पनि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मूल्यसूचीअनुसार नेपालमा मूल्य समायोजन गरिएको हो ।
The Nepal Oil Corporation (NOC) has adjusted the prices of diesel, kerosene, and domestic aviation fuel. Effective from midnight Thursday, the price of diesel and kerosene has been increased by Rs. 30 per litre, while domestic aviation fuel has gone up by Rs. 5 per litre. After the revision, diesel and kerosene now cost between Rs. 234.50 and Rs. 237 per litre, with diesel priced at Rs. 237 per litre in the Kathmandu Valley. The price of domestic aviation fuel has been fixed at Rs. 256 per litre. Petrol prices remain unchanged. NOC stated that even after the adjustment, diesel still incurs a loss of Rs. 99.16 per litre. The change was made following a revised purchase price list from the Indian Oil Corporation.




