·

सिद्धार्थ म्युचुअल फण्डका ३ योजनाको लाभांश खातामा जम्मा

Author

NEPSE TRADING

सिद्धार्थ म्युचुअल फण्डका ३ योजनाको लाभांश खातामा जम्मा

सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाले घोषणा गरेको नगद लाभांश (प्रतिफल) इकाइधनीको बैंक खातामा जम्मा गर्न थालिएको छ। सिद्धार्थ बैंक कोष प्रबर्द्धक र सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक एवम् डिपोजिटरी रहेको यी योजनाको लाभांश भदौ १८ गतेदेखि वितरण भइरहेको हो।

तीनवटा बन्दमुखी योजनामध्ये सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ ले क्रमशः २०, २० र १७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका थिए।

यद्यपि, डिम्याट खातासँग सम्बन्धित बैंक खाता अद्यावधिक नगरेका इकाइधनीलाई तत्काल खाता अद्यावधिक गर्न आग्रह गरिएको छ। त्यस्तै, इकाइ अभौतिकीकरण नगरेका इकाइधनीले सिद्धार्थ क्यापिटलको कार्यालयमा सम्पर्क गरी इकाइ अभौतिकीकरण गराएपछि मात्र लाभांश प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

साथै, बैंक वा वित्तीय संस्थाबाट इकाइ धितो राखी कर्जा लिएका इकाइधनीले फुकुवापत्र पेस गरेपछि मात्र नगद लाभांश खातामा जम्मा हुने सिद्धार्थ क्यापिटलले जनाएको छ।

Related News