
डलरको भाउ फेरि बढ्यो, राष्ट्र बैंकले सार्वजनिक गर्यो नयाँ विनिमयदरDollar Strengthens Again as Nepal Rastra Bank Publishes New Exchange Rates
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ। केन्द्रीय बैंकले अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा तोकेको छ, जुन सोमबारको तुलनामा वृद्धि हो।
राष्ट्र बैंकका अनुसार युरो, बेलायती पाउण्ड, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर तथा सिङ्गापुर डलरको विनिमयदर पनि अद्यावधिक गरिएको छ। त्यस्तै जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन लगायतका मुद्राको भाउ पनि निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने तथा वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने राष्ट्र बैंकको भनाइ छ।
Nepal Rastra Bank has released the foreign exchange rates for Tuesday, showing a further rise in the value of the US dollar. According to the central bank, the buying rate for one US dollar has been fixed at Rs. 153.86 and the selling rate at Rs. 154.46, higher than Monday’s rate.
The central bank has also updated the exchange rates for other major foreign currencies, including the Euro, UK Pound Sterling, Swiss Franc, Australian Dollar, Canadian Dollar, and Singapore Dollar. Rates for the Japanese Yen, Chinese Yuan, Saudi Riyal, Qatari Riyal, UAE Dirham, Malaysian Ringgit, and South Korean Won have also been revised.
Meanwhile, the buying rate for 100 Indian Rupees has been fixed at Rs. 160, while the selling rate stands at Rs. 160.15. Nepal Rastra Bank stated that exchange rates may be revised at any time as needed, and rates offered by commercial banks could differ from the central bank’s published rates.




