NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Dr. Vishwanath Paudel Set to be Appointed Governor of Nepal Rastra Bank
    विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति : को हुन् पौडेल ?
    Investor
    1 min read
    Published on May 20, 2025
    NEPSE trading

    विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति : को हुन् पौडेल ?Dr. Vishwanath Paudel Set to be Appointed Governor of Nepal Rastra Bank

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच लामो छलफलपछि नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति जुटेको छ। मंगलबार बिहान दुई पक्षबीच औपचारिक सहमति भएपछिको यो नियुक्ति हो।

    डा. विश्वनाथ पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। उनी सिफारिस समितिका सदस्य रहँदा कांग्रेसले उनलाई गभर्नर पदका लागि अघि सार्दा उनले समितिबाट राजीनामा दिएका थिए।

    डा. पौडेललाई सभापति देउवाको विश्वास पात्र मानिन्छ। देउवा प्रधानमन्त्री हुँदा २०७८ साल साउन १२ गते उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए। देउवाकी पत्नी आरजू राणासँग पनि उनको व्यक्तिगत नजिकको सम्बन्ध रहेको बताइन्छ।

    ललितपुरमा सञ्चालित आरजू राणाको निजी विद्यालय ‘युलेन्स स्कूल’मा डा. पौडेलले सन् २०१९ अगस्टदेखि २०२१ जुलाईसम्म बोर्ड अफ ट्रस्टीको रूपमा सेवा गरेका थिए। आर्थिक विषयमा गहिरो अध्ययन गर्ने डा. पौडेलले नेपालकै आर्थिक इतिहासका जानकारका रूपमा पनि परिचय पाइसकेका छन्।

    उनले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। यस्तै, अमेरिकामा स्नातकोत्तर तह र चीनको शाङ्हाईस्थित विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन गरेका छन्। चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासमा पनि उनी विशेषज्ञ हुन्।

    डा. पौडेलका आर्थिक तथा ऐतिहासिक विषयका लेख विभिन्न मिडियामा प्रकाशित भइरहेका छन्। उनी सन् २०१२ देखि २०१३ सम्म सानिमा बैंकको निर्देशक थिए। त्यसपछि विश्व बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा अर्थशास्त्रीका रूपमा काम गरिसकेका छन्।

    यो नियुक्तिले नेपाल राष्ट्र बैंकको नेतृत्वमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।

    Kathmandu — After lengthy discussions, Prime Minister KP Sharma Oli and Nepali Congress President Sher Bahadur Deuba have reached an agreement to appoint Dr. Vishwanath Paudel as the new Governor of Nepal Rastra Bank. The formal consensus was finalized on Tuesday morning.

    Dr. Paudel, former Vice-Chairman of the National Planning Commission, had resigned from the Governor Recommendation Committee after Congress proposed his name for the governorship.

    Widely regarded as a trusted confidant of Deuba, Dr. Paudel was appointed Vice-Chairman of the National Planning Commission on August 28, 2021, during Deuba’s premiership. He is also said to have a close personal relationship with Deuba’s wife, Arju Rana.

    Dr. Paudel served on the Board of Trustees at Arju Rana’s private school, Yulance School, in Lalitpur from August 2019 to July 2021. Known for his deep research and writings on economic matters, he is recognized as an expert on Nepal’s economic history.

    He earned his PhD in Economics from the prestigious University of California, Berkeley. Prior to that, he completed his graduate studies in economics in the United States and holds an undergraduate degree in engineering from a university in Shanghai, China. Dr. Paudel is also a scholar of the economies, societies, and histories of both China and the United States.

    His articles on economics and history have been published widely across various media. Between 2012 and 2013, he served as a director at Sanima Bank. He has also worked as an economist for the World Bank, the International Labour Organization’s Nepal office, and the Millennium Challenge Corporation’s Nepal mission.

    His appointment is expected to usher in a new chapter of leadership for Nepal Rastra Bank.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026