NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Economic Growth Expected to Exceed Average Due to Monetary Easing: NRB Report
    मौद्रिक सहजताले आर्थिक गतिविधि विस्तार, आर्थिक वृद्धि औसतभन्दा माथि रहने अनुमान
    Investor
    2 min read
    Published on January 4, 2026
    NEPSE TRADING

    मौद्रिक सहजताले आर्थिक गतिविधि विस्तार, आर्थिक वृद्धि औसतभन्दा माथि रहने अनुमानEconomic Growth Expected to Exceed Average Due to Monetary Easing: NRB Report

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले अवलम्बन गरेको मौद्रिक सहजताका कारण आर्थिक गतिविधि विस्तार हुँदै गएको र यसबाट चालु तथा आगामी अवधिमा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिएको छ। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले तयार गरेको आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) अनुसार यस्तो निष्कर्ष निकालिएको हो।

    प्रतिवेदनमा विश्वव्यापी रूपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा आएको गिरावट, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो क्रममा रहनु, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि, बाह्य पर्यटक आगमन बढ्नु तथा निर्यात र रेमिट्यान्स आप्रवाहमा सुधार आएको कारण आर्थिक वृद्धि औसतभन्दा माथि रहने उल्लेख गरिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा मुद्रास्फीतिको चाप न्यून रहने तथा समीक्षा अवधिमा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा थप सकारात्मक हुने अनुमान गरिएको छ।

    प्रतिवेदन अनुसार अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवर्धन गर्दै पुनर्निर्माणका कामलाई तीव्रता दिएको, साना तथा तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकीकरण गरिएका कारण आर्थिक गतिविधि थप चलायमान भई समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने देखिएको छ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रारम्भिक अनुमान अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४.० प्रतिशत रहनेछ। यसअघिको आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेको संशोधित अनुमान छ।

    आर्थिक वर्ष २०८१/८२ को कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२ प्रतिशत, १२.८ प्रतिशत र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। प्रदेशगत रूपमा कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.५ प्रतिशत रहेको छ भने कोशी प्रदेशको १५.९ प्रतिशत हिस्सा रहेको छ। कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

    गत असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक क्षेत्रको अंश ३०.४२ प्रतिशत रहेको छ। २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप १२.५ प्रतिशतले र कर्जा प्रवाह ८.२ प्रतिशतले वृद्धि भएको छ। औसत कर्जा–निक्षेप अनुपात ७६.६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

    कुल निक्षेप र कर्जामा बागमती प्रदेशको हिस्सा उच्च देखिएको छ। कुल निक्षेपमा बागमती प्रदेशको अंश ६५.८ प्रतिशत र कुल कर्जामा ५९.५ प्रतिशत रहेको छ। यस्तै आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ७७ अर्ब तीन करोड रुपैयाँ पुगेको छ भने कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई १८ खर्ब चार अर्ब १२ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    Kathmandu — Nepal’s economic growth is expected to remain above average as a result of monetary easing measures adopted by the Nepal Rastra Bank (NRB), according to the Integrated Annual Economic Activity Study Report (FY 2024/25 – 2081/82) prepared by the central bank’s Economic Research Department.

    The report states that the decline in global fuel and food prices, falling interest rates on loans and deposits, significant growth in hydropower production, increased tourist arrivals, and growth in exports and remittance inflows have collectively supported stronger economic expansion. It also notes that inflationary pressure is expected to remain low in the current fiscal year 2025/26 (FY 2082/83), while overall economic activities are projected to be more positive compared to the previous year.

    According to the report, adequate liquidity in the economy, government efforts to promote good governance, progress in reconstruction works, and the postponement of small and less-prepared projects in favor of project prioritization have helped energize the economy and boost economic activities.

    Based on preliminary estimates by the National Statistics Office, Nepal’s economic growth rate for FY 2024/25 (2081/82) is expected to be 4.6 percent at consumer prices and 4.0 percent at current prices. The revised estimate shows economic growth of 3.7 percent in FY 2023/24 (2080/81).

    Sector-wise, the contribution to Gross Domestic Product (GDP) in FY 2024/25 is estimated at 25.2 percent from agriculture, 12.8 percent from industry, and 62.0 percent from the services sector. Provincially, Bagmati Province accounts for the largest share of GDP at 36.5 percent, followed by Koshi Province at 15.9 percent, while Karnali Province has the smallest share at 4.2 percent.

    The report further notes that as of mid-July 2024, industrial sector loans accounted for 30.42 percent of total credit extended by banks and financial institutions. Compared to mid-July 2023, bank deposits increased by 12.5 percent and credit disbursement by 8.2 percent by mid-July 2024. The average credit-to-deposit ratio stood at 76.6 percent.

    Bagmati Province continues to dominate the banking sector, holding 65.8 percent of total deposits and 59.5 percent of total credit nationwide. In the external sector, total merchandise exports surged by 81.8 percent, reaching NPR 277.03 billion, while imports increased by 13.3 percent to NPR 1.804 trillion in FY 2024/25, according to the report.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026