-सुवासचन्द्र भट्टराई
नेपालका चर्चित शेयर विश्लेषक सुवासचन्द्र भट्टराईले हालसालै सामाजिक सञ्जाल फेसबुकमार्फत शेयर बजारमा लगानीकर्ताको मानसिकता, बजारको वर्तमान अवस्था र आगामी सम्भावनाहरूबारे गहिरो विश्लेषण प्रस्तुत गरेका छन्।
उनको भनाइ अनुसार, "शब्द बुझ्न शिक्षा पुग्छ, तर अर्थ बुझ्न सिकाइसँगै अनुभव पनि चाहिन्छ।" यो भनाइ पुँजी बजारमा नयाँ प्रवेश गर्ने र अनुभवसहित सक्रिय हुने दुवै खालका लगानीकर्ताहरूका लागि सन्देशपूर्ण छ।
भट्टराईले उल्लेख गरेका केन्द्रीय बुँदाहरू यस प्रकार छन् :
१. मौद्रिक नीति र नीतिगत सुधार:
उनका अनुसार, विगतमा देखिएका नीतिगत त्रुटिहरू सुधार हुँदै गएका छन्। आगामी मौद्रिक नीति अझ बढी बजारमैत्री हुने अपेक्षा गरिएको छ, जसले पुँजी बजारमा थप उर्जा दिन सक्छ।
"अब आउने मौद्रिक नीतिको लागि हामी अनुमान गर्छौं झन बजारमैत्री नीति NRB ले पस्कने छ!"
२. कम्पनीको मुनाफा र बजारको बुलिस सिजन:
उनी भन्छन् — धेरै कम्पनीहरूको आम्दानी बढ्दैछ, र त्यही सकारात्मक संकेतसँगै बजारले अघिल्ला उच्च स्तरहरू (previous highs) तोड्ने सम्भावना बलियो देखिएको छ।
"Season को हिसावमा पनि आउने महिनाहरू बुलिस सिजन हुन्। Time Frame Zone को हिसावबाट पनि बजार अघिल्ला High हरु entertain गर्ने बेलामा पुगेको छ।"
३. साना र ठूला लगानीकर्ताको सोच:
भट्टराईको टिप्पणीमा उल्लेख छ कि ठूला लगानीकर्ताहरू आफनो रणनीतिक चालमा बसिरहन्छन्, तर साना व्यापारीहरू सामाजिक सञ्जालमा धेरै उफ्रन्छन्, जुन दीर्घकालीन सोचको कमी दर्शाउँछ।
"धेरै कित्ता हुनेहरू, पैसा हुनेहरू, अर्बौंको पोर्टफोलियो हुनेहरू आफ्नै रणनीतिक चालमा रहन्छन्। साना traders हरु सामाजिक सञ्जालमा उफ्रन्छन्!"
४. आत्मचिन्तनको सन्देश:
समान्य लगानीकर्ताहरूलाई उनले बजारप्रति अपनत्व र जिम्मेवारीको चेतना जगाउन आग्रह गरेका छन्।
"अपनत्व को लागि कि सट्टापट्टा के को लागि सेयर किन्दैछु भनेर आफैलाई नि प्रश्न गर्दै अगि बढ्नुहोस्।"
जय पुँजी बजार, जय लगानीकर्ता!
📊💚 सुवास भट्टराईद्वारा प्रेरित सन्देश 📊💚





