·

आठ जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि बोनसदर सार्वजनिक

Author

NEPSE trading

आठ जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि बोनसदर सार्वजनिक

नेपालका १४ जीवन बीमा कम्पनीहरूमध्ये आठ वटाले आर्थिक वर्ष २०८०/८१ का लागि विभिन्न बीमालेखमा लागु हुने बोनसदर सार्वजनिक गरेका छन्। नेपाल लाइफ, सूर्यज्योति लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सानिमा रिलायन्स लाइफ, मेट लाइफ, एलआइसी नेपाल र रिलायबल नेपाल लाइफले नयाँ बोनसदर घोषणा गरेका हुन्। यी दरहरू आगामी वर्षको मूल्याङ्कन स्वीकृत नभएसम्म स्थिर रहनेछन्।

नेपाल लाइफले सावधिक जीवन बीमा योजनामा प्रति हजार बीमा रकममा न्यूनतम ६० देखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। सूर्यज्योति लाइफले सावधिक योजनामा ४० देखि ७५ रुपैयाँ र अग्रिम भुक्तानी योजनामा ४२ देखि ६० रुपैयाँसम्म बोनस दिने जनाएको छ। सिटिजन लाइफले बीमालेख अवधिअनुसार ४४ देखि ७५ रुपैयाँ र बाल भविष्य योजनामा ४० देखि ६७ रुपैयाँसम्म बोनस दिने भएको छ।

आइएमई लाइफले ३० देखि ८० रुपैयाँ, सानिमा रिलायन्सले १९ देखि ७० रुपैयाँ, मेट लाइफले ४५ देखि ७५ रुपैयाँ, रिलायबल नेपाल लाइफले २५ देखि ७५ रुपैयाँ र एलआइसी नेपालले ५१ देखि ६५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेका छन्। कम्पनीहरूले विभिन्न योजनामा फरक-फरक बोनस दर कायम गरेका छन्।

Related News