NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Election Commission Urges Nepal Rastra Bank to Facilitate Separate Bank Accounts for Candi...
    उम्मेदवारका लागि छुट्टै बैंक खाता व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई निर्वाचन आयोगको आग्रह
    Top
    1 min read
    Published on January 24, 2026
    NEPSE TRADING

    उम्मेदवारका लागि छुट्टै बैंक खाता व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई निर्वाचन आयोगको आग्रहElection Commission Urges Nepal Rastra Bank to Facilitate Separate Bank Accounts for Candidates

    निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूका लागि बैङ्किङ खाता सञ्चालनको व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ।

    आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै निर्वाचनसम्बन्धी खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्नुपर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सहजीकरण गर्न अनुरोध गरेको हो। साथै, उम्मेदवार तथा राजनीतिक दलले खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने प्रावधानलाई व्यवहारमा उतार्न आवश्यक व्यवस्था मिलाइदिन पनि आग्रह गरिएको छ।

    निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिता, २०७३ को दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैङ्क वा वित्तीय संस्थामा खोलिएको छुट्टै खाताबाट मात्र गर्नुपर्ने व्यवस्था छ। त्यसैगरी, राजनीतिक दलले पनि निर्वाचन खर्चका लागि छुट्टै बैङ्क खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत मात्र खर्च गर्नुपर्ने प्रावधान छ।

    आयोगका अनुसार २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैङ्क वा वित्तीय संस्थामार्फत लिनुपर्नेछ। कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रूपमा नगद प्राप्त भएमा त्यसको रसिद वा भरपाई दिनुपर्ने व्यवस्था पनि गरिएको छ। राजनीतिक दलको नाममा प्राप्त सहयोग दलको बैङ्क खातामा र उम्मेदवारको नाममा प्राप्त सहयोग उम्मेदवारकै बैङ्क खातामा जम्मा गर्नुपर्ने प्रावधान रहेको आयोगले स्पष्ट पारेको छ।

    निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन यी व्यवस्थाहरू प्रभावकारी रूपमा लागू गर्न राजनीतिक दल तथा तिनका उम्मेदवारलाई बैङ्क खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो।

    आयोगका अनुसार उक्त व्यवस्था समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारहरूमा पनि लागू हुनेछ। दुवै निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका नाममा खोलिने बैङ्क खाता आम निर्वाचन सम्पन्न भई आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालनमा रहनेछन्।

    निर्वाचनसम्बन्धी आम्दानी र खर्चको पारदर्शिता सुनिश्चित गर्न प्रत्येक राजनीतिक दलका लागि छुट्टै एक वटा र प्रत्येक उम्मेदवारका लागि एक–एक वटा बैङ्क खाता खोल्ने व्यवस्था मिलाइदिन निर्वाचन आयोगले नेपाल राष्ट्र बैङ्कलाई औपचारिक रूपमा अनुरोध गरेको छ।

    The Election Commission has urged Nepal Rastra Bank to facilitate the operation of bank accounts for candidates contesting the House of Representatives elections.

    In an official letter to the central bank, the Commission requested support for the effective implementation of legal provisions requiring all election-related expenses to be conducted mandatorily through bank accounts. The Commission also emphasized the need to designate responsible officials for managing and authorizing election expenditures.

    According to Section 16 of the Election Code of Conduct, 2073, issued under Section 23 of the Election Commission Act, 2073, candidates are required to conduct all election-related income and expenditures exclusively through a separate bank account opened in a bank or financial institution. Similarly, political parties must open separate bank accounts for election expenses and carry out expenditures through officials designated by the party.

    The Commission stated that any financial contribution exceeding NPR 25,000 must be received compulsorily through banks or financial institutions. In cases where voluntary cash donations are received from individuals or institutions, a receipt or voucher must be issued. Contributions received in the name of political parties must be deposited into the party’s bank account, while contributions received in the name of candidates must be deposited into the respective candidates’ bank accounts.

    The Commission noted that these measures are intended to ensure elections are clean, fair, economical, and transparent. To this end, it has requested Nepal Rastra Bank to assist political parties and candidates in opening the required bank accounts.

    According to the Commission, the provisions will also apply to candidates under the proportional representation electoral system. Bank accounts opened in the names of political parties and independent candidates under both electoral systems will remain operational until the Commission issues formal instructions for their closure after the completion of the general election.

    To ensure transparency in election-related income and expenditures, the Election Commission has formally requested Nepal Rastra Bank to make arrangements for opening one separate bank account for each political party and one bank account for each candidate.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026