NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Electricity Demand Reaches 1,650 MW on Laxmi Puja; Nepal Exports 1,015 MW Power
    लक्ष्मीपूजाको दिन देशभर एक हजार ६५० मेगावाट बिजुलीको माग, एक हजार १५ मेगावाट निर्यात
    Investor
    1 min read
    Published on October 21, 2025
    NEPSE TRADING

    लक्ष्मीपूजाको दिन देशभर एक हजार ६५० मेगावाट बिजुलीको माग, एक हजार १५ मेगावाट निर्यातElectricity Demand Reaches 1,650 MW on Laxmi Puja; Nepal Exports 1,015 MW Power

    काठमाडौं, कात्तिक — नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजाको साँझ देशभर बिजुलीको कुल माग एक हजार ६५० मेगावाट पुगेको छ। यसैदिन नेपालले एक हजार १५ मेगावाट विद्युत् निर्यात गरेको जनाएको छ।

    गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कुल विद्युत् माग एक हजार ६०२ मेगावाट थियो। यो वर्ष भने माग ४८ मेगावाटले बढी देखिएको प्राधिकरणले जनाएको छ। अहिले नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्दै आएको छ, जसले देशको विद्युत् व्यापार र विदेशी आम्दानीमा सकारात्मक योगदान पुर्‍याइरहेको छ।

    लक्ष्मीपूजाको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सहितको टोलीले देशभरको विद्युत् माग र आपूर्तिको अवस्था प्रत्यक्ष अवलोकन गरेको छ। सोमबार राति प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षमा पुगेर मन्त्री घिसिङले समग्र विद्युत् आपूर्ति व्यवस्थाको जानकारी लिई आवश्यक निर्देशन दिएका थिए।

    उनसँगै ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशक, प्राधिकरणका कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकहरू समेतको टोली उपस्थित थियो।

    प्राधिकरणका अनुसार, विगत वर्षहरूमा झै यस वर्ष पनि लक्ष्मीपूजाको दिन देशभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न सफल भएको छ। प्राधिकरणले यसका लागि वितरण केन्द्र, विद्युत् गृहका प्रमुख र प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो, जसले गर्दा मुलुकभर उज्यालोको पर्व सहज र निर्वाध रूपमा मनाउन सकिएको छ।

    स्मरणीय छ — वि.सं. २०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएपछि, उनको नेतृत्वमा विद्युत् आपूर्ति व्यवस्थापनको ऐतिहासिक सुधार भएको थियो। सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि परीक्षणका रूपमा काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरिएको थियो। त्यसपछि नेपालले क्रमशः सम्पूर्ण मुलुकमा बिनालोडसेडिङ विद्युत् आपूर्तिको दायरा विस्तार गरेको हो।

    Kathmandu — According to the Nepal Electricity Authority (NEA), the total national electricity demand on the evening of Laxmi Puja (Monday) reached 1,650 megawatts (MW). On the same day, Nepal successfully exported 1,015 MW of electricity to neighboring countries.

    The NEA reported that on Laxmi Puja last year, the total electricity demand across the country was 1,602 MW. This year, the demand rose by 48 MW, indicating a steady growth in power consumption during festive periods. Nepal currently exports electricity to India and Bangladesh, contributing significantly to the nation’s foreign exchange earnings and regional energy cooperation.

    On the occasion of Laxmi Puja, Minister for Energy, Water Resources, and Irrigation, Kulman Ghising, led a team to monitor the country’s electricity demand and supply management. On Monday night, Minister Ghising visited the NEA’s central control room at Syuchatar Transmission Center and received updates on real-time power generation and distribution across the country.

    The inspection team included Energy Secretary Chiranjeevi Chataut, Electricity Regulatory Commission Chairman Ram Prasad Dhital, senior officials from the ministry, the Department of Electricity Development, and NEA’s executive and deputy executive directors.

    The NEA stated that, as in previous years, Nepal successfully managed to ensure an uninterrupted power supply nationwide during Laxmi Puja. The authority had placed all distribution centers, power plant heads, and technical staff on high alert to prevent any power disruptions during the festival. This ensured that households across the country celebrated the festival of lights without any power outages.

    It is worth recalling that after Kulman Ghising was appointed Executive Director of NEA in August 2016 (Bhadra 2073), his leadership brought a historic turnaround in Nepal’s power supply system. On Laxmi Puja that same year, NEA began a pilot initiative to end load-shedding (power cuts) in the Kathmandu Valley, which eventually expanded nationwide.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026