NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. European Space Agency Secures Record €22.1 Billion Budget, Accelerates Ambitious Space Pro...
    युरोपेली अन्तरिक्ष एजेन्सीले २२.१ अर्ब युरोको अभूतपूर्व बजेट सुरक्षित गर्दै अन्तरिक्ष योजनामा तीव्रता ल्याउने तयारी
    Investor
    2 min read
    Published on November 28, 2025
    NEPSE TRADING

    युरोपेली अन्तरिक्ष एजेन्सीले २२.१ अर्ब युरोको अभूतपूर्व बजेट सुरक्षित गर्दै अन्तरिक्ष योजनामा तीव्रता ल्याउने तयारीEuropean Space Agency Secures Record €22.1 Billion Budget, Accelerates Ambitious Space Programs

    युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले आउने तीन वर्षका लागि २२.१ अर्ब युरोको बजेट सुनिश्चित गरेको घोषणा गरेको छ। जर्मनीको ब्रेमेन सहरमा बसेको मन्त्रीस्तरीय परिषद्को बैठकपछि एजेन्सीले सार्वजनिक गरेको विवरणअनुसार यो बजेट इएसएले सन् २०२२ मा पाएको प्रतिबद्धताभन्दा पाँच अर्ब युरो बढी हो। इएसएका महानिर्देशक जोसेफ एशबाखरले यसलाई “पहिले कहिल्यै नभएको” साधन जुटानका रूपमा वर्णन गरे।

    बैठकअघि विज्ञहरूले करिब २० अर्ब युरो जति बजेट हुने अनुमान गरेका थिए। तर अन्ततः सदस्य मुलुकहरूले अपेक्षाभन्दा धेरै ठूलो रकम प्रतिबद्ध गरे, जसलाई एशबाखरले यूरोपले अन्तरिक्ष क्षेत्रमा देखाएको नयाँ प्राथमिकताको संकेतका रूपमा व्याख्या गरे। उनको भनाइमा, “अन्तरिक्ष आज एउटा तीव्र गतिमा फैलिंदै गएको आर्थिक क्षेत्र बनिसकेको छ, सुरक्षा र रक्षा दुवैका लागि यसको भूमिका झनै महत्वपूर्ण बन्दै गएको छ।”

    इएसएले आगामी वर्षहरूमा नागरिक अन्तरिक्ष योजनाहरूलाई व्यवस्थित रूपमा अघि बढाउन युरोपेली संघका विभिन्न निकायहरूसँग थप सहकार्य गर्ने तयारी गरेको जनाएको छ। संस्थाले रसदपूर्वाधार, प्रक्षेपण प्रविधि, वैज्ञानिक अनुसन्धानदेखि नयाँ उपग्रह प्रणाली विकाससम्मका थुप्रै परियोजनामा लगानी विस्तार गर्ने योजना बनाएको छ।

    हाल विश्वभर अन्तरिक्ष उद्योग निजी क्षेत्रमा केन्द्रित हुँदै गएको छ। विशेष गरी अर्बपति एलन मस्कको स्पेसएक्सले विश्वव्यापी प्रक्षेपण क्षमतामा अग्रता जमाएसँगै परम्परागत अन्तरिक्ष एजेन्सीले नयाँ मोडेलमा प्रतिस्पर्धा गर्नुपर्ने दबाब बढेको विशेषज्ञहरूको मूल्यांकन छ। रुसद्वारा युक्रेनमाथि आक्रमण पश्चात् युरोपले रूसी रकेट प्रयोग गर्न नसक्दा आफ्नै प्रक्षेपण क्षमता कमजोर बनेको थियो। यही पृष्ठभूमिमा इएसएको बजेट वृद्धि अझै महत्वपूर्ण मानिएको छ।

    यता, अमेरिकामा डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउस फर्किएसँगै नासा बजेटमा कटौती हुनसक्ने संकेतले अन्तरिक्ष अनुसन्धानको दीर्घकालीन भविष्यबारे चर्चा चर्किएको छ। नासाले भने मंगल ग्रहमा जीवनका संकेत खोज्ने रोभर “रोजालिन्ड फ्र्याङ्कलिन” परियोजनालाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। यो मिसन सन् २०२८ मा प्रक्षेपण गर्ने योजना रहेको छ।

    युरोपेली अन्तरिक्ष एजेन्सीद्वारा सुरक्षित गरिएको नयाँ बजेटलाई विशेषज्ञहरूले अन्तरिक्ष स्वायत्तता पुनःस्थापना गर्ने, वैज्ञानिक अनुसन्धानलाई गहिरो बनाउने र भविष्यका प्रक्षेपण प्लेटफर्म पुनर्निर्माण गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्।

    The European Space Agency (ESA) has secured an unprecedented budget of €22.1 billion for its programs over the next three years, marking one of the largest financial commitments in the agency’s history. The decision was announced following a ministerial council meeting held in Bremen, Germany. This new budget exceeds the amount pledged by ESA’s 23 member states in 2022 by more than €5 billion—a milestone ESA Director General Josef Aschbacher described as “something never seen before.”

    Prior to the meeting, experts had projected a budget of around €20 billion. However, the final commitment surpassed expectations, signaling Europe’s growing recognition of space as a rapidly expanding economic sector with increasing relevance for security, defense, and technological leadership. Aschbacher emphasized that space has become “an economic domain growing at tremendous speed,” and a field Europe must not fall behind in.

    In its 50th year, ESA plans to strengthen coordination with various European Union bodies to advance major civilian space projects. The upcoming investment cycle includes expansion of satellite programs, development of independent launch capabilities, enhancement of scientific missions, and modernization of Europe’s space infrastructure.

    The global space industry has undergone dramatic shifts in recent years, largely driven by the rise of private players such as Elon Musk’s SpaceX, whose dominance in launch services has reshaped competition. Europe has also faced challenges after Russia’s invasion of Ukraine in 2022, which effectively cut off access to Russian rockets—previously a key part of Europe’s launch strategy—leaving the continent with limited independent launch options.

    Meanwhile, in the United States, concerns have grown about the future trajectory of space funding after President Donald Trump’s return to the White House and his administration’s plans to cut NASA’s budget. Despite this, NASA has reaffirmed support for the “Rosalind Franklin” Mars rover mission, aimed at searching for signs of ancient life on the Red Planet. The mission is expected to launch in 2028.

    Analysts say ESA’s record budget represents a crucial step toward restoring Europe’s autonomous space capabilities, strengthening scientific research, and ensuring the continent remains competitive in a fast-evolving global space landscape.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026