ईभी आयातमा नियमन आवश्यक : सन्तोष कोइराला
Author
NEPSE trading

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जसलाई पनि विद्युतीय सवारी (ईभी) आयात गर्न दिन नहुने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा उनले भने, "हिजो हाइड्रोपावर र कृषिमा काम गर्नेहरूले समेत आज चीनबाट ईभी ल्याइरहेका छन् । राज्यले कस्ता ईभी कसले ल्याउने भन्ने नीति बनाउनुपर्छ ।"
‘लङ टर्म पोलिसी फर अटो सेक्टर’ छलफलमा कोइरालाले आयातकर्ताको पूर्वाधार र ईभीको गुणस्तर हेर्नुपर्ने जोड दिए । उनले प्रश्न उठाए, "ब्याट्री र प्रविधिको अवस्था के छ ? ईभी बिग्रियो भने नेपालमा इन्जिनियरिङ छ कि छैन ?" बैंकहरूले ऋण दिँदा डाउन पेमेन्ट ५०%, ६०% कि ८०% राख्ने र दुई वर्षपछि गाडी छाडे रकम कसरी उठाउने भन्ने चिन्ता रहेको उनले बताए ।