NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Everest Bank's Profit Improves, but Impairment Charges Limit Growth
    एभरेष्ट बैंकको नाफा सुधार, इम्पेयरमेन्ट चार्जले वृद्धिदर सीमित बनायो
    Investor
    1 min read
    Published on January 28, 2026
    NEPSE TRADING

    एभरेष्ट बैंकको नाफा सुधार, इम्पेयरमेन्ट चार्जले वृद्धिदर सीमित बनायोEverest Bank's Profit Improves, but Impairment Charges Limit Growth

    एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ब्याज र शुल्क आम्दानीमा सुधार देखाउँदै खुद नाफा सामान्य रूपमा बढाएको छ। तर, इम्पेयरमेन्ट चार्ज बढेसँगै नाफा वृद्धिदर सीमित भएको देखिन्छ।

    बैंकले पुस मसान्तसम्म २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको ब्याज आम्दानीमा ५.९६ प्रतिशतको वृद्धि भएको छ, जसले नाफा वृद्धिमा सहयोग पुर्याएको देखिन्छ। समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा ४ अर्ब ३१ करोड रुपैयाँ थियो।

    त्यस्तै, शुल्क र कमिसन आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आवको सोही अवधिमा ७६ करोड ५० लाख रुपैयाँ रहेको आम्दानी २०.३८ प्रतिशतले बढेर ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ। यसले कुल सञ्चालन आम्दानीमा ९.७३ प्रतिशतको वृद्धि ल्याएको छ।

    तर, इम्पेयरमेन्ट चार्जको वृद्धि नाफा वृद्धिको दरमा सीमितता ल्याएको छ। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ।

    बैंकको वितरणयोग्य मुनाफा २३.०४ प्रतिशतले बढेर ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ पुगेको छ। यससँगै, लाभांश वितरण क्षमता पनि ३०.५८ प्रतिशतबाट बढेर ३१.९३ प्रतिशतमा पुगेको छ, जसले आगामी दिनमा लाभांश वितरणको सम्भावना सुदृढ गरेको संकेत गर्छ।

    यद्यपि, नाफा बढ्न सके पनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ २० पैसाले घटेर ३० रुपैयाँ ८६ पैसामा झरेको छ।

    वित्तीय सूचकका हिसाबले बैंकको खराब कर्जा अनुपात ०.६८ प्रतिशत, कस्ट अफ फण्ड ३.४५ प्रतिशत र रिटर्न अन इक्विटी (आरओई) १३.१९ प्रतिशत रहेको छ, जुन समग्रमा सन्तोषजनक मानिन्छ।

    बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    Everest Bank Limited has reported a moderate increase in net profit for the second quarter of the current fiscal year, driven by improvements in interest and fee income. However, the rise in impairment charges has limited the growth rate of the profit.

    As of the end of December, the bank recorded a net profit of NPR 2.11 billion, marking a 2.04% increase compared to NPR 2.07 billion during the same period last year.

    The improvement in interest income, which increased by 5.96%, has supported the growth in profits. The bank’s interest income rose to NPR 4.57 billion, compared to NPR 4.31 billion in the previous fiscal year.

    Similarly, fee and commission income showed a significant increase. The income from fees and commissions rose by 20.38%, from NPR 765 million in the previous year to NPR 920.9 million, contributing to a 9.73% increase in total operating income.

    However, the rise in impairment charges has limited the overall profit growth rate. During the review period, the bank's impairment charge increased from NPR 349.5 million to NPR 562.7 million.

    The distributable profit of the bank increased by 23.04%, reaching NPR 3.34 billion, and the dividend payout capacity also improved, rising from 30.58% to 31.93%, which strengthens the possibility of future dividend distributions.

    Despite the growth in profit, the bank's earnings per share (EPS) decreased by NPR 1.20, falling to NPR 30.86.

    In terms of financial indicators, the bank's non-performing loan (NPL) ratio stands at 0.68%, the cost of funds at 3.45%, and the return on equity (ROE) at 13.19%, all of which are considered satisfactory.

    The bank's paid-up capital is NPR 13.72 billion, and it holds a reserve fund of NPR 18.52 billion. As of the end of December, the bank has collected deposits totaling NPR 3.04 trillion and made loans of NPR 2.36 trillion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026