NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Everest Colour Limited Announces 2nd AGM Scheduled for Mangsir 29
    एभरेष्ट कलर लिमिटेडले मंसिर २९ गते दोश्रो वार्षिक साधारण सभा बोलायो
    Investor
    1 min read
    Published on November 23, 2025
    NEPSE TRADING

    एभरेष्ट कलर लिमिटेडले मंसिर २९ गते दोश्रो वार्षिक साधारण सभा बोलायोEverest Colour Limited Announces 2nd AGM Scheduled for Mangsir 29

    एभरेष्ट कलर लिमिटेडले आफ्नो दोश्रो वार्षिक साधारण सभा (AGM) मंसिर २९ गते, २०८२ मा गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकको निर्णयअनुसार AGM को मिति, स्थान तथा समय निर्धारण गरी शेयरधनीहरूलाई औपचारिक सूचना प्रकाशित गरिएको हो।

    सभामा भक्तपुरको कौशलटारस्थित त्रिशक्ति बैंक्वेटमा, बिहान १०:०० बजे बाट सुरु हुने सूचनामा उल्लेख छ। कम्पनी ऐन, २०६३ को दफा ६७(२) अनुसार सबै शेयरधनीलाई उपस्थितिका लागि सूचना जारी गरिएको कम्पनीले स्पष्ट पारेको छ।

    सभामा आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ सम्बन्धी सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, तथा नगद प्रवाह विवरण प्रस्तुत गरिनेछ र छलफलपछि पारित गरिनेछ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि AGM मा राखिनेछ।

    विशेष प्रस्तावतर्फ, कम्पनीले सर्वसाधारण समूहलाई प्राथमिक शेयर (IPO) जारी गर्ने सम्बन्धी प्रस्ताव AGM मा पेस गर्ने जनाएको छ। यससँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियामक निकायको निर्देशन अनुसार आवश्यक भए परिवर्तन गर्न संचालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि समावेश गरिएको छ।

    कम्पनीले AGM सम्बन्धी सामान्य जानकारी पनि सार्वजनिक गरेको छ। शेयरधनीहरूले सभामा उपस्थित हुन परिचयपत्र वा शेयरधनी प्रमाण पुष्टि गर्ने कागजात साथमा ल्याउनुपर्नेछ। उपस्थिती पुस्तिका बिहान ९:०० बजे देखि १०:०० बजेसम्म खुला रहनेछ। प्रतिनिधि नियुक्त गरिएको शेयरधनी स्वयं उपस्थित भएर हस्ताक्षर गरेमा उनीद्वारा दिएको प्रोक्सी स्वतः बदर हुने पनि सूचनामा उल्लेख छ।

    थप जानकारीका लागि कम्पनीको केन्द्रीय कार्यालय वा फोन ०१–६६३४८०२१ मा सम्पर्क गर्न सकिने तथा कम्पनीको वेबसाइट everestcolour.com मा विवरण उपलब्ध हुने जानकारी दिइएको छ।

    Everest Colour Limited has announced that its 2nd Annual General Meeting (AGM) will be held on 29th Mangsir, 2082. The decision was made during the board meeting held on 1st Mangsir, 2082, and the company has issued an official notice informing all shareholders in accordance with Section 67(2) of the Companies Act, 2063.

    The AGM will take place at Trishakti Banquet, Kaushaltar, Bhaktapur, beginning at 10:00 AM. Shareholders are requested to attend the meeting to discuss and approve various agendas proposed by the board.

    Among the general proposals, the AGM will discuss and approve the Board of Directors’ annual report for the fiscal year 2079/80 and 2080/81. The meeting will also review and endorse the auditor’s report, balance sheet, profit and loss statement, and cash flow statement for FY 2081/82.

    The AGM will further appoint an auditor for the fiscal year 2082/83 and determine the auditor’s remuneration.

    Under the special proposals, the company has included a plan related to the issuance of primary shares (IPO) to the general public. Additionally, the AGM will discuss granting authority to the board or any appointed individual to make necessary amendments to the company’s Memorandum of Association and Articles of Association as required by regulatory directives.

    The company has also provided general instructions regarding AGM participation. Shareholders must bring a valid identification document or proof of share ownership to attend. The shareholders' attendance book will remain open from 9:00 AM to 10:00 AM on the meeting day. If a shareholder who has already appointed a representative attends in person and signs the attendance register, the proxy will automatically become invalid.

    For further information, shareholders may contact the company's central office at 01-66348021 or visit the website everestcolour.com.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026