NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Excess Liquidity Pressure Persists in Financial System; NRB to Absorb Additional Rs. 25 Bi...
    वित्तीय प्रणालीमा तरलताको चाप यथावत, राष्ट्र बैंक आज फेरि २५ अर्ब निक्षेप संकलन गर्दै
    Investor
    1 min read
    Published on August 13, 2025
    NEPSE TRADING

    वित्तीय प्रणालीमा तरलताको चाप यथावत, राष्ट्र बैंक आज फेरि २५ अर्ब निक्षेप संकलन गर्दैExcess Liquidity Pressure Persists in Financial System; NRB to Absorb Additional Rs. 25 Billion

    मुलुकको वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहँदा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष सुरु भएयता मात्र २ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ। राष्ट्र बैंकले आज फेरि थप २५ अर्ब रुपैयाँ प्रणालीबाट निकाल्ने भएको छ।

    बैंक तथा वित्तीय संस्थामा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार निक्षेप संकलन गरिरहेको छ। यसपटक २५ दिनको अवधिका लागि २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको हो। यो साउन महिनामा मात्र सातौं पटक तरलता प्रशोचनको प्रक्रिया हो।

    राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ प्रणालीमार्फत आज दिउँसो ३ बजे बोलकबोल हुनेछ र आजै निक्षेप खरिद गरिनेछ। इच्छुक आवेदकले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका गुणांकमा आवेदन दिन सक्नेछन्। निक्षेपको सावाँ र ब्याज भुक्तानी भदौ २२ गते हुनेछ।

    यसअघि साउन ४ गते ५० अर्ब, साउन ७ गते ७८ अर्ब २५ करोड, साउन ११ गते ४१ अर्ब १० करोड, साउन १४ गते ७ अर्ब ६५ करोड, साउन १८ गते ५० अर्ब र साउन २१ गते १५ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन मार्फत प्रशोचन गरिएको थियो। यसरी साउन लागेपछि मात्र २ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत प्रणालीबाट निकालिएको छ। राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (SDF) मार्फत पनि नियमित रूपमा तरलता व्यवस्थापन गर्दै आएको छ।

    लामो समयदेखि बैंकिङ प्रणालीमा अतिरिक्त तरलता रहँदै आएको छ। ब्याजदर लगातार घटेपनि कर्जा प्रवाह सुस्त हुँदा राष्ट्र बैंकले पटक–पटक प्रणालीबाट पैसा तानेर तरलता सन्तुलन गर्ने प्रयास गरिरहेको छ।

    Excess liquidity pressure remains in Nepal’s financial system, with Nepal Rastra Bank (NRB) having already absorbed Rs. 242.50 billion since the start of the current fiscal year to manage surplus liquidity. The central bank has announced it will absorb an additional Rs. 25 billion today.

    With surplus liquidity piling up in banks and financial institutions, NRB has been continuously mopping up funds through deposit collection instruments. This latest operation will involve collecting deposits for 25 days amounting to Rs. 25 billion. It will be the seventh liquidity absorption operation since the beginning of Shrawan.

    According to NRB, bidding will take place today at 3 PM via the online bidding system, and the deposits will be purchased the same day. Interested applicants can submit bids for a minimum of Rs. 1 billion, with increments in multiples of Rs. 50 million, up to the total announced amount. The maturity date, including principal and interest payment, is set for September 7 (Bhadra 22).

    Since the start of Shrawan, NRB has already conducted six liquidity absorption operations: Rs. 50 billion on Shrawan 4, Rs. 78.25 billion on Shrawan 7, Rs. 41.10 billion on Shrawan 11, Rs. 7.65 billion on Shrawan 14, Rs. 50 billion on Shrawan 18, and Rs. 15.50 billion on Shrawan 21. In total, Rs. 242 billion has been withdrawn from the system through deposit collection instruments this month alone. In addition to deposit collection, NRB has also been regularly managing liquidity through the Standing Deposit Facility (SDF).

    The banking system has been experiencing excess liquidity for a prolonged period. Despite continuously declining interest rates, credit growth has remained sluggish, prompting the central bank to repeatedly drain excess funds from the system.

    Trending News

    • Trending11 Jun, 2026

      फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

      Read news
    • Trending11 Jun, 2026

      आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

      Read news
    • Trending11 Jun, 2026

      आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

      Read news

    Related News

  • फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन
    Trending

    1 min read

    फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आफ्नै पसलमा आफैँले चोरी  : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल
    Investor

    2 min read

    आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो
    Investor

    1 min read

    आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य
    Top

    1 min read

    राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?
    Investor

    1 min read

    सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?

    NEPSE TRADING

    ·

    11 Jun, 2026