NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Export Prices Decline as Import Costs Rise, Weakening Terms of Trade
    निर्यात मूल्य घट्दा व्यापारको सर्त कमजोर, आयात मूल्य बढ्दो
    Investor
    1 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    निर्यात मूल्य घट्दा व्यापारको सर्त कमजोर, आयात मूल्य बढ्दोExport Prices Decline as Import Costs Rise, Weakening Terms of Trade

    काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (२०८२ कात्तिकसम्म) को तथ्याङ्कले नेपालको वैदेशिक व्यापारमा मूल्यगत दबाब देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भन्सार तथ्याङ्कमा आधारित विवरणअनुसार निर्यात र आयात दुवैको मूल्य सूचकाङ्कमा फरक–फरक दिशा देखिएको छ, जसले व्यापार सन्तुलनमा थप चुनौती उत्पन्न गरेको संकेत गर्दछ।

    वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक महिनामा निर्यातको एकाइ मूल्य सूचकाङ्क १.२ प्रतिशतले घटेको छ। यसको अर्थ निर्यात हुने वस्तुहरू अघिल्लो वर्षको तुलनामा सस्तो मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको देखिन्छ। निर्यात मूल्य घट्नुले निर्यात आम्दानीमा अपेक्षाभन्दा कम वृद्धि हुने जोखिम बढाएको विश्लेषकहरूको भनाइ छ।

    उता, सोही अवधिमा आयात मूल्य सूचकाङ्क १.५ प्रतिशतले बढेको छ। आयातित वस्तुको मूल्य बढ्दा उपभोक्ता तथा उद्योग दुवैमा लागत दबाब बढ्ने देखिन्छ। विशेषगरी कच्चा पदार्थ, इन्धन र उपभोग्य वस्तुको आयात महँगो बन्दै जाँदा विदेशी मुद्रा भुक्तानीमा समेत दबाब पर्ने संकेत देखिएको छ।

    निर्यात मूल्य घट्नु र आयात मूल्य बढ्नुका कारण २०८२ कात्तिक महिनामा व्यापारको सर्त (Terms of Trade) २.६ प्रतिशतले घटेको छ। व्यापारको सर्त घट्नुको अर्थ एउटै मात्राको आयात गर्न अघिल्लो वर्षको तुलनामा बढी निर्यात गर्नुपर्ने अवस्था सिर्जना हुनु हो, जसले देशको वैदेशिक व्यापार स्थिति कमजोर बनाउँछ।

    अर्थविद्हरूका अनुसार व्यापारको सर्तमा आएको गिरावट दीर्घकालीन रूपमा अर्थतन्त्रका लागि चुनौतीपूर्ण हुन सक्छ। निर्यात वस्तुको मूल्य अभिवृद्धि गर्न नसक्दा र आयातमा निर्भरता उच्च रहँदा बाह्य क्षेत्र सन्तुलनमा दबाब कायमै रहने उनीहरूको विश्लेषण छ।

    समग्रमा, पछिल्लो तथ्याङ्कले निर्यातको परिमाण बढ्दै गए पनि मूल्य पक्ष कमजोर रहेको देखाउँछ। विज्ञहरू निर्यातको मात्र होइन, गुणस्तर र मूल्य अभिवृद्धिमा केन्द्रित नीति आवश्यक रहेको बताउँछन्, जसले व्यापारको सर्त सुधार गर्न र वैदेशिक व्यापारलाई दिगो बनाउन मद्दत पुर्‍याउनेछ।

    Recent data for the first four months of fiscal year 2082/83 (up to mid-November 2025) point to growing price-related pressure in Nepal’s foreign trade. Customs-based statistics released by Nepal Rastra Bank show a divergence between export and import prices, with export unit values declining while import prices continue to rise, adversely affecting the country’s terms of trade.

    On a year-on-year basis, the export unit value index declined by 1.2 percent in mid-November 2025. This indicates that Nepali goods were sold at lower prices in international markets compared to the same period last year. Although export volumes may be increasing, the fall in export prices suggests weaker earnings per unit, limiting the overall benefit of export growth.

    In contrast, the import price index increased by 1.5 percent during the same period. Higher import prices raise costs for both consumers and producers, particularly in an economy heavily dependent on imported raw materials, fuel and consumer goods. Rising import costs also intensify pressure on foreign exchange outflows.

    As a combined result of falling export prices and rising import prices, Nepal’s terms of trade deteriorated by 2.6 percent in mid-November 2025. A decline in terms of trade means the country must export a larger quantity of goods to pay for the same volume of imports, reflecting a weakening external trade position.

    Economists warn that a sustained deterioration in the terms of trade could pose medium- to long-term challenges for the economy. Without improvements in export competitiveness, value addition and product diversification, Nepal may struggle to offset rising import costs, keeping the external sector under strain.

    Overall, the latest figures suggest that while trade activity is expanding, the price dynamics are unfavorable. Analysts emphasize the need for policies that focus not only on increasing export volumes but also on enhancing export quality, productivity and value addition, so that export earnings can grow faster than import costs and help stabilize the country’s external trade balance.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026