NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Exports Surge by 95%, Imports Rise 11%, Trade Deficit Still Deep
    साउनमा निर्यात ९५ प्रतिशतले बढ्दा आयात ११ प्रतिशतले बढ्यो, व्यापार घाटा अझै उच्च
    Investor
    2 min read
    Published on September 16, 2025
    NEPSE TRADING

    साउनमा निर्यात ९५ प्रतिशतले बढ्दा आयात ११ प्रतिशतले बढ्यो, व्यापार घाटा अझै उच्चExports Surge by 95%, Imports Rise 11%, Trade Deficit Still Deep

    आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालले वैदेशिक व्यापारमा मिश्रित परिणाम देखाएको छ। निर्यातमा ऐतिहासिक वृद्धि भए पनि आयात अझै उच्च रहने क्रम जारी छ, जसले गर्दा व्यापार घाटा न्यून मात्रामा भए पनि बढेको देखिन्छ।

    निर्यातमा करिब दोब्बर वृद्धि

    साउन महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले बढेर रु. २३ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा भने निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो।
    गन्तव्यगत विवरण अनुसार, भारततर्फको निर्यात १५६.७ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ६५.२ प्रतिशतले घटेको छ। अन्य मुलुकहरूमा पनि निर्यात १४ प्रतिशतले कमी आएको छ।
    वस्तुगत रूपमा हेर्दा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैची र जुटका सामान निर्यात बढ्ने मुख्य वस्तु बने भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैचा, पिना र चिया निर्यातमा गिरावट आएको छ।

    आयातमा ११.४ प्रतिशतको वृद्धि

    उता, कुल वस्तु आयात साउन महिनामा ११.४ प्रतिशतले बढेर रु. १४३ अर्ब ४ करोड पुगेको छ। गत वर्ष सोही महिनामा आयात ०.६ प्रतिशतले घटेको थियो।
    मुलुकगत आधारमा, भारतबाट आयात ७.५ प्रतिशत, चीनबाट १४.१ प्रतिशत र अन्य मुलुकहरूबाट २०.५ प्रतिशतले बढेको छ।
    वस्तुगत रूपमा भटमासको कच्चा तेल, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चामल–धान, कोइला र रासायनिक मल आयात बढ्ने वस्तु बने भने हट रोल्ड शिट, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा तेलहन आयात घटेका छन्।

    व्यापार घाटा अझै पनि गहिरो

    निर्यातमा ठूलो वृद्धि भए पनि आयातको परिमाण अझै धेरै भएकाले व्यापार घाटा २.५ प्रतिशतले बढेर रु. ११९ अर्ब ११ करोड पुगेको छ। गत वर्ष सोही महिनामा घाटामा ०.४ प्रतिशतले मात्र वृद्धि भएको थियो।
    समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.५ प्रतिशत भन्दा केही सुधार भए पनि अझै कमजोर दरमै छ।

    भारतसँगको आयात भुक्तानी

    समीक्षा अवधिमा भारतबाट आयात भएका वस्तुहरूका लागि रु. १३ अर्ब ४३ करोड बराबरको विदेशी मुद्रा भुक्तानी भएको छ। गत वर्ष सोही अवधिमा यो भुक्तानी रु. १३ अर्ब ९८ करोड बराबरको थियो। यसले देखाउँछ कि भारतसँगको व्यापार असन्तुलन अझै कायम छ।

    विश्लेषकहरूका अनुसार निर्यातमा आएको ठूलो वृद्धिले उत्साहजनक संकेत दिएको छ। विशेषतः तेलजन्य वस्तु र कृषि उत्पादनमा वृद्धि हुनु सकारात्मक पक्ष हो। तर, पेट्रोलियम र मेसिनरी जस्ता ठूलो परिमाणका वस्तुहरूमा आयात अझै बढी रहेकाले व्यापार घाटा सुधारमा ठूला चुनौती रहेको छ।
    यदि आगामी महिनामा निर्यात प्रवर्द्धनसँगै आयात व्यवस्थापनमा ध्यान दिइएन भने वैदेशिक व्यापार घाटा अझै दीर्घकालीन रूपमा अर्थतन्त्रको कमजोरी बन्ने चेतावनी विज्ञहरूले दिएका छन्।

    Nepal’s external trade in the first month of FY 2082/83 showed mixed outcomes. Exports rose sharply, almost doubling compared to last year, but imports also continued to expand at a double-digit rate. As a result, the trade deficit, though slightly moderated, remained very high.

    Exports Nearly Double

    In Shrawan, total merchandise exports jumped 95.7 percent to NPR 23.93 billion. Last year in the same period, exports had actually fallen by 9.6 percent.
    By destination, exports to India surged by 156.7 percent, while exports to China fell by 65.2 percent, and to other countries declined by 14 percent.
    In terms of commodities, exports of soybean oil, palm oil, polyester yarn, cardamom, and jute goods increased significantly. On the other hand, exports of zinc sheets, particle boards, woolen carpets, foam, and tea decreased.

    Imports Rise by 11.4 Percent

    Total merchandise imports grew 11.4 percent, reaching NPR 143.04 billion. In contrast, imports during the same period last year had declined by 0.6 percent.
    By country, imports from India rose by 7.5 percent, from China by 14.1 percent, and from other countries by 20.5 percent.
    At the commodity level, imports of crude soybean oil, transport equipment, vehicles and spare parts, rice and paddy, coal, and chemical fertilizers increased. However, imports of hot rolled sheets, edible oils, petroleum products, other machinery, and oilseeds declined.

    Trade Deficit Widens Slightly

    Despite strong export growth, the import volume remained much higher, leading to a 2.5 percent increase in the trade deficit, which stood at NPR 119.11 billion. Last year during the same month, the deficit had increased by only 0.4 percent.
    The export–import ratio improved to 16.7 percent, up from 9.5 percent in the same period last year, showing some progress but still highlighting Nepal’s structural trade imbalance.

    Payments to India

    During the review period, NPR 13.43 billion worth of imports from India were paid for in foreign currency. This figure was slightly lower than last year’s NPR 13.98 billion, but India remains Nepal’s dominant trading partner, contributing heavily to the overall trade gap.

    Analysts see the sharp rise in exports as an encouraging sign, particularly in agro-based and industrial products like oils and cardamom. However, reliance on imports of petroleum, machinery, and transport equipment continues to weigh heavily on Nepal’s trade balance.
    Experts warn that unless export promotion and import management are pursued in tandem, the country’s trade deficit will remain a long-term structural challenge for the economy.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026