NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Exports Surge Sharply in First Four Months, but Trade Deficit Continues to Widen
    चार महिनामा निर्यातमा ऐतिहासिक उछाल, आयात र व्यापार घाटा पनि बढ्दै
    Investor
    3 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    चार महिनामा निर्यातमा ऐतिहासिक उछाल, आयात र व्यापार घाटा पनि बढ्दैExports Surge Sharply in First Four Months, but Trade Deficit Continues to Widen

    काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (२०८२ कात्तिकसम्म) मा नेपालको वैदेशिक व्यापारमा मिश्रित तस्वीर देखिएको छ। एकातिर वस्तु निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ भने अर्कोतर्फ आयात र व्यापार घाटा पनि बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा निर्यातको वृद्धिदर पछिल्ला वर्षहरूमध्ये सबैभन्दा उच्च देखिएको छ।

    समीक्षा अवधिमा कुल वस्तु निर्यात ७७.५ प्रतिशतले वृद्धि भई ९३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात वृद्धि दर मात्र ४.२ प्रतिशत रहेको थियो। निर्यातमा आएको तीव्र वृद्धिले पछिल्लो समय देखिँदै आएको बाह्य क्षेत्रको दबाब केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

    भारततर्फ निर्यात तीव्र, चीनतर्फ उल्लेखनीय गिरावट

    गन्तव्य मुलुकका आधारमा हेर्दा भारततर्फको निर्यात ११३.९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, अन्य मुलुकतर्फको निर्यात २.९ प्रतिशतले बढेको छ। तर, चीनतर्फको निर्यात ५६.२ प्रतिशतले घटेको देखिन्छ, जसले चीनसँगको व्यापार अझै सन्तुलित हुन नसकेको संकेत गर्दछ।

    वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पल जस्ता वस्तुको निर्यात बढेको छ। तर जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामग्री को निर्यात घटेको छ। यसले निर्यात वृद्धिको ठूलो हिस्सा केही सीमित वस्तुमा निर्भर रहेको देखाउँछ।

    आयातमा दोहोरो अंकको वृद्धि

    यसै अवधिमा कुल वस्तु आयात १८.७ प्रतिशतले वृद्धि भई ६०९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धि दर ०.२ प्रतिशत मात्र थियो। आयात वृद्धिले आन्तरिक माग विस्तार हुँदै गएको संकेत गरे पनि यसले बाह्य सन्तुलनमा थप दबाब सिर्जना गरेको छ।

    मुलुकगत आधारमा भारतबाट आयात ६.६ प्रतिशत, चीनबाट २८.५ प्रतिशत र अन्य मुलुकबाट ४८.९ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत रूपमा भटमासको कच्चा तेल, सुन, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस् र चाँदी को आयात बढेको छ। तर हट रोल्ड सिट, खाने तेल, लसुन, तेलहन र दाल जस्ता वस्तुको आयात घटेको छ।

    व्यापार घाटा अझै बढ्दो

    उच्च आयातका कारण समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १२.० प्रतिशतले वृद्धि भई ५१५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने व्यापार घाटा ०.३ प्रतिशतले घटेको थियो। यस अवधिमा निर्यात–आयात अनुपात १५.३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको १०.३ प्रतिशत भन्दा सुधारिएको हो। तर आयातको परिमाण अत्यधिक भएकाले व्यापार घाटा अझै चुनौतीकै रूपमा देखिएको छ।

    भारतीय रुपैयाँमा हुने आयात घट्दो

    समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ५४ अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५७ अर्ब २४ करोड रुपैयाँ बराबरको थियो। यसले भारतीय बजारसँगको भुक्तानी संरचनामा केही सुधार देखिएको संकेत गर्दछ।

    चार महिनाको तथ्याङ्कले नेपालको वैदेशिक व्यापारमा निर्यात पक्ष सकारात्मक देखिए पनि आयात र व्यापार घाटा अझै गम्भीर चुनौतीका रूपमा कायम रहेको स्पष्ट हुन्छ। निर्यात वृद्धिलाई दिगो बनाउन वस्तु विविधीकरण र नयाँ बजार खोजी अपरिहार्य देखिन्छ। साथै, उच्च आयातमा निर्भर अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन उत्पादनमूलक क्षेत्रको विस्तार र आयात प्रतिस्थापन नीतिमा थप प्रभावकारी कदम आवश्यक रहेको अर्थशास्त्रीहरूको धारणा छ।

    Nepal’s foreign trade showed a mixed trend in the first four months of fiscal year 2082/83 (up to mid-November 2025), with a strong rebound in exports offset by a faster rise in imports, keeping the trade deficit on an upward path. Data released by Nepal Rastra Bank indicate that while export growth has reached a multi-year high, the overall external sector remains under pressure due to Nepal’s heavy import dependence.

    During the review period, total merchandise exports increased by 77.5 percent to Rs 93.50 billion, compared to a modest 4.2 percent growth in the same period last year. The sharp rise in exports is seen as a positive signal for the external sector, reflecting improved supply conditions and higher outbound shipments of selected commodities.

    India Drives Export Growth, China Records Sharp Decline

    By destination, exports to India surged by 113.9 percent, while shipments to other countries increased by 2.9 percent. In contrast, exports to China fell sharply by 56.2 percent, highlighting persistent challenges in accessing and sustaining the Chinese market.

    In terms of commodities, exports of soybean oil, cardamom, palm oil, jute products, footwear and slippers increased during the period. However, exports of zinc sheets, particle board, tea, woollen carpets and handicrafts declined, indicating that export growth remains concentrated in a limited range of goods rather than being broad-based.

    Imports Rise at a Faster Pace

    Despite the export surge, imports expanded even more rapidly. Total merchandise imports increased by 18.7 percent to Rs 609.45 billion, compared to a marginal 0.2 percent increase in the same period last year. The rise in imports reflects a recovery in domestic demand as well as increased spending on raw materials and capital-intensive goods.

    Country-wise, imports from India rose by 6.6 percent, from China by 28.5 percent, and from other countries by 48.9 percent. On a commodity basis, imports of crude soybean oil, gold, chemical fertilizers, transport equipment, vehicles and spare parts, and silver increased. Meanwhile, imports of hot-rolled sheets and coils, edible oil, garlic, oilseeds and pulses declined.

    Trade Deficit Expands Despite Better Export–Import Ratio

    As a result of higher imports, the merchandise trade deficit widened by 12.0 percent to Rs 515.96 billion during the four-month period. In contrast, the trade deficit had declined by 0.3 percent in the same period last year.

    However, the export-to-import ratio improved to 15.3 percent, up from 10.3 percent a year earlier, suggesting some improvement in export performance relative to imports, even though the absolute trade gap remains large.

    Indian Currency–Based Imports Decline

    During the review period, Nepal imported goods worth Rs 54.98 billion from India using convertible foreign currency, down from Rs 57.24 billion in the same period last year. This decline indicates a modest shift in the structure of payments for imports from India.

    Interpretation and Outlook

    The latest data underline a key structural challenge in Nepal’s economy. While the sharp rise in exports is encouraging, the fact that imports continue to grow at a much higher absolute level means the trade deficit remains a major concern. Export growth is still driven by a narrow basket of commodities and heavily dependent on the Indian market, making it vulnerable to external shocks.

    Economists argue that sustaining export momentum will require diversification of export products, expansion into new markets, and improved competitiveness of domestic industries. At the same time, reducing import dependency through import substitution, domestic production, and productivity-enhancing investments remains critical to achieving a more balanced and resilient external sector.

    Overall, the first four months of FY 2082/83 show clear progress on the export front, but the widening trade deficit highlights the need for deeper structural reforms to strengthen Nepal’s external trade position.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026