ङादी ग्रुप पावर लिमिटेडको हकप्रदमा आवेदन दिने समय थप
ङादी ग्रुप पावर लिमिटेडको हकप्रदमा आवेदन दिने समय थपिएको छ। अब लगानीकर्ताले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्। यसअघिको म्याद आज समाप्त हुन लागेको थियो।
कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपियाँ चुक्ता पुँजीका साथ १०० रुपियाँ अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२.२५ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ। मंसिर १८ गते बुक क्लोज गरिसकेको कम्पनीले मंसिर १७ गतेसम्म कायम शेयरधनीलाई हकप्रदमा आवेदन दिने अवसर दिएको थियो।





