NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. External Sector Strengthens: Foreign Exchange Reserves at USD 22.13 Billion, Current Accou...
    बाह्य क्षेत्र सुदृढ: विदेशी विनिमय सञ्चिति २२ अर्ब १३ करोड डलर, चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा
    Top
    2 min read
    Published on January 9, 2026
    NEPSE TRADING

    बाह्य क्षेत्र सुदृढ: विदेशी विनिमय सञ्चिति २२ अर्ब १३ करोड डलर, चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमाExternal Sector Strengthens: Foreign Exchange Reserves at USD 22.13 Billion, Current Account Surplus at NPR 358.83 Billion

    काठमाडौं। नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र हाल सुविधाजनक अवस्थामा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति, चालु खाता तथा शोधनान्तर स्थिति सबै सूचक सकारात्मक अवस्थामा रहेका छन्।

    राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको छ। २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा १९.६ प्रतिशतले वृद्धि भई ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति १९ अर्ब ५० करोडबाट बढेर २२ अर्ब १३ करोड पुगेको हो।

    कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ३ खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको छ। मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

    विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त

    आर्थिक वर्ष २०८२-८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

    २०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेका छन्। २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।

    यसअघि २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ३४.८ प्रतिशत, १२.८ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए। पछिल्लो तथ्यांकले विदेशी विनिमय सञ्चिति, आयात क्षमता तथा समग्र बाह्य क्षेत्रको अवस्था थप सुदृढ बन्दै गएको संकेत गरेको छ।

    बाह्य क्षेत्रका यी सूचकहरूले देशको विदेशी मुद्रा स्थिति सुदृढ बन्दै गएको संकेत गरेका छन्।

    चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा

    मंसिरसम्म चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा हेर्दा चालु खाता बचत २ अर्ब ५४ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १८ करोड मात्र थियो।

    समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रुपैयाँ थियो। यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ७ अर्ब ४७ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्षको ६ अर्ब ३ करोड रुपैयाँभन्दा बढी हो।

    शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा

    शोधनान्तर स्थिति पनि मजबुत देखिएको छ। मंसिरसम्म शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँले बचतमा थियो। डलरमा शोधनान्तर बचत २ अर्ब ९८ करोड पुगेको छ।

    Kathmandu. Nepal's external sector is currently in a favorable position, according to the latest data published by Nepal Rastra Bank for the fiscal year 2082/83 (2025-2026) up to the month of Mangsir (mid-December). Foreign exchange reserves, the current account, and remittance positions all show positive indicators, signaling an overall strengthening of the country's external economic condition.

    According to Nepal Rastra Bank, the foreign exchange reserves have seen significant growth. The total foreign exchange reserves stood at NPR 2.677 trillion (USD 19.5 billion) at the end of Asar (mid-July) 2082, and by Mangsir, the reserves had increased by 19.6%, reaching NPR 3.21 trillion (USD 22.13 billion).

    Of the total reserves, Nepal Rastra Bank holds NPR 2.866 trillion, while commercial banks and financial institutions hold NPR 335 billion. As of Mangsir, the share of Indian rupees in the total foreign exchange reserves stands at 22.2%.

    The current foreign exchange reserves are adequate to cover 21.7 months of goods imports and 18.2 months of goods and services imports. When compared with the imports for the first five months of FY 2082/83, this level of reserves provides sufficient coverage for Nepal's external trade needs.

    As per the latest data, the ratios of foreign exchange reserves to Gross Domestic Product (GDP), total imports, and broad money supply are 52.4%, 151.9%, and 39.4%, respectively, at the end of Mangsir 2082. In comparison, at the end of Asar 2082, these ratios were 43.8%, 128.1%, and 34.1%. This indicates a robust growth in reserves and an improved external sector position.

    Current Account Surplus of NPR 358.83 Billion

    As of Mangsir, the current account surplus stands at NPR 358.83 billion. In the same period last year, the current account surplus was only NPR 158.45 billion. In US dollar terms, the current account surplus has increased to USD 254 million, compared to USD 118 million last year.

    During the review period, net capital transfers amounted to NPR 7.06 billion, compared to NPR 3.50 billion during the same period last year. Similarly, foreign direct investment (equity only) saw an inflow of NPR 7.47 billion, up from NPR 6.03 billion in the previous year.

    Remittance Situation Strengthened

    The remittance situation also remains strong, with remittance inflows showing healthy growth. As of Mangsir, remittances stand at NPR 421.89 billion, a significant increase from NPR 225.34 billion in the same period last year. In dollar terms, remittance savings have reached USD 298 million.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026