संघीय सञ्चित कोष १ खर्ब ९६ अर्बले ऋणात्मक, सरकारको खर्च आम्दानीभन्दा बढी
Author
NEPSE TRADING

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सम्म संघीय सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक देखिएको छ । यसले सरकारले गरेको आम्दानीको तुलनामा खर्च बढी भएको संकेत गर्छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको आम्दानी र खर्च मात्र तुलना गर्दा आम्दानी बढी भएपनि समग्र समायोजनको हिसाबले घाटा देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ सम्म यस्तो घाटा २ खर्ब २४ अर्ब रुपैयाँ पुगेको थियो, जसमा यो वर्ष करिब २८ खर्ब रुपैयाँले सुधार देखिएको छ ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलले शुक्रबार आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाएका थिए ।
प्रतिवेदनका अनुसार संघीय सरकारको नगद अवस्था पनि ३१ अर्ब ३४ करोड ६१ लाख रुपैयाँले ऋणात्मक छ । तर, विभिन्न कोषहरूको मौज्दात र एक्स्ट्रा बजेटरी निकायको बाँकी रकमलाई समेट्दा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाख रुपैयाँले धनात्मक देखिएको छ ।


