
माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने अन्तिम दिनFinal Day for Foreign-Employed Nepalis to Apply for Mount Everest Power IPO
विदेशमा रहेका नेपालीलाई आज अन्तिम मौका
१२ मेगावाट दुधकुण्ड खोला आयोजना निर्माण गरिरहेको कम्पनी
न्यूनतम १० कित्तादेखि आवेदन, मध्यम जोखिमको रेटिङ प्राप्त
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख १७ गतेदेखि बिक्री खुला गरेको साधारण शेयरमा इच्छुक नेपालीहरूले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबरको २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । त्यसमध्ये सर्वसाधारण समूहका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरिएको हो ।
यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले मात्रै यसमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले सोलुखुम्बु क्षेत्रमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ । प्रतिमेगावाट लागत झण्डै १९ करोड ७४ लाख रुपैयाँ पुगेको देखिन्छ ।
कम्पनीका अनुसार आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २८ वर्ष ९ महिना बाँकी रहेको छ । लगानी फिर्ता हुने सामान्य अवधि ६.४० वर्ष रहेको छ भने डिस्काउन्ट गरिएको आधारमा लगानी फिर्ता अवधि ८.९४ वर्ष रहने अनुमान गरिएको छ ।
आईपीओ निष्काशनअघि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन क्षमता मध्यम जोखिमयुक्त रहेको संकेत गर्ने बताइएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । साथै, मेरो शेयर प्रयोग गरेर अनलाइनबाट समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
Company Offering Shares for Nepalis Working Abroad
Dudhkunda Khola Hydropower Project at the Center of Investment
Applications Open From Minimum 10 Shares to Maximum 10,000 Shares
Today is the final day for Nepalis working abroad to apply for the initial public offering (IPO) issued by Mount Everest Power Development Limited. The company had opened the share sale for foreign-employed Nepalis from Baisakh 17 and interested applicants can submit their applications until the end of office hours today.
The company has received approval to issue 25 lakh 80 thousand ordinary shares worth Rs. 25.80 crore, which represents 30 percent of its issued capital of Rs. 86 crore. Out of the shares allocated for the general public, 10 percent — equivalent to 1 lakh 72 thousand shares worth Rs. 1.72 crore — has been reserved specifically for Nepalis working overseas with valid labor permits from the Government of Nepal. The shares are being issued at a face value of Rs. 100 per share.
Applicants are required to apply for a minimum of 10 shares and can apply for up to 10,000 shares. Only Nepalis who have received official labor approval for foreign employment are eligible to participate in this reserved quota.
Mount Everest Power is currently developing the 12-megawatt Dudhkunda Khola Hydropower Project in the Solukhumbu region. According to the company, the total project cost stands at over Rs. 2.36 billion, while the cost per megawatt has reached approximately Rs. 197.4 million.
The company stated that the project still has 28 years and 9 months remaining on its electricity generation license. The simple payback period of the investment is estimated at 6.40 years, while the discounted payback period is projected at 8.94 years.
In its pre-IPO rating, Care Ratings Nepal assigned the company a “CARE-NP Double B Plus” issuer rating, indicating a moderate level of risk in the company’s capacity to meet its financial obligations.
NIMB Ace Capital Limited has been appointed as the issue and sales manager for the IPO. Eligible applicants can apply through banks and financial institutions participating in the ASBA system using the C-ASBA process. Applications can also be submitted online through the Mero Share platform operated by CDS and Clearing Limited.
In recent years, interest among foreign-employed Nepalis in hydropower IPOs has been growing significantly. As a result, energy companies have increasingly prioritized allocating separate share quotas for Nepalis working abroad.




