NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Final Day to Apply for Narayani Development Bank’s 100% Rights Shares (NABBC)
    नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
    Top
    1 min read
    Published on October 26, 2025
    NEPSE TRADING

    नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिनFinal Day to Apply for Narayani Development Bank’s 100% Rights Shares (NABBC)

    नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले जारी गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक ९ गते) अन्तिम दिन रहेको छ। बैंकले असोज २ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।

    बैंकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता (१:१ अनुपातमा) हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार बैंकले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी गरेको छ, जसको जम्मा रकम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ हुन्छ।

    हकप्रद प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। सो अनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्ने छन्।

    इक्रा नेपालले बैंकलाई दिएको रेटिङ इक्राएनपी इश्यूअर रेटिङ सी प्लस (ICRANP-IR C+) रहेको छ, जसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

    बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले ग्लोबल आइएमई बैंकको भुमही शाखा (नवलपरासी), नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय, यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिन्छ।

    हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ। बैंकले संकलित रकमलाई धितोपत्र, सरकारी ऋणपत्र, म्युचुअल फण्डमा लगानी गर्न र शाखा विस्तार तथा पूर्वाधार विकासमा प्रयोग गर्ने जनाएको छ।

    Narayani Development Bank Limited (NABBC) has announced that today, October 26 (Kartik 9), is the final day to apply for its 100% rights shares. The bank had opened the issuance and sale of the rights shares on September 18 (Asoj 2).

    The bank is issuing 2,624,676 units of rights shares at a par value of NPR 100 per share, totaling NPR 262.46 million, in the ratio of 1:1 (one new share for every existing share). The book closure for the rights issue was done on August 25 (Bhadra 9), meaning shareholders who held shares till August 24 (Bhadra 8) are eligible to apply.

    According to the credit rating by ICRA Nepal, the bank has been assigned a rating of ICRANP-IR C+, indicating a high risk regarding timely debt servicing.

    Global IME Capital Limited is the issue and sales manager for the rights shares. Interested investors can apply through Global IME Capital, Global IME Bank’s Bhumi branch (Nawalparasi), Narayani Development Bank’s central office, and branches at Yagyapuri, Tandi, Parsa, and Narayangadh. Additionally, investors can apply online via the Meroshare platform through C-ASBA member banks and financial institutions.

    At present, the bank’s paid-up capital stands at NPR 262.46 million, which will increase to NPR 524.93 million after the completion of the rights issue. The raised capital will be used to invest in securities, government bonds, mutual funds, and for physical infrastructure development and branch expansion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026