NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Final Day to Apply for Palpa Cement Industries IPO
    पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Top
    1 min read
    Published on February 27, 2026
    NEPSE TRADING

    पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिनFinal Day to Apply for Palpa Cement Industries IPO

    पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको शेयर बाँडफाँट सम्पन्न गरेपछि बाँकी शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको हो।

    कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १८ लाख ७५ हजार कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख ६२ हजार ५०० कित्ता शेयर विदेशमा रोजगाररत नेपालीहरूका लागि निष्काशन गरिएको थियो। त्यसैगरी २ लाख ८१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र सोही संख्याको शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। अब बाँकी रहेको ४५ लाख कित्ता अर्थात ४५ करोड रुपैयाँ बराबरको शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि खुला गरिएको हो।

    यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीको नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५ प्रतिशत रहेको जनाएको छ। साधारण लगानी फिर्ता हुने अवधि ६ वर्ष ८ महिना तथा डिस्काउण्ट अवधिमा ९ वर्ष १२ महिना रहेको छ। कम्पनीले २०७६ वैशाखदेखि क्लिंकर र २०७७ वैशाखदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ। दैनिक क्लिंकर उत्पादन क्षमता १ हजार ८०० मेट्रिक टन तथा सिमेन्ट उत्पादन क्षमता २ हजार २०० मेट्रिक टन रहेको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    Today (Falgun 15) is the final day to apply for the Initial Public Offering (IPO) of Palpa Cement Industries Limited, which was opened for subscription on Falgun 12. After completing the allotment of shares to project-affected local residents and Nepalis working abroad, the company has now issued the remaining shares to the general public.

    The company had received approval to issue 75 lakh units of ordinary shares worth Rs. 75 crore, representing 20 percent of its total issued capital of Rs. 3.75 billion. Out of the total shares, 18,75,000 units were allocated to local residents of the project-affected area, and 5,62,500 units were issued to Nepalis working abroad. Additionally, 2,81,250 units were reserved for mutual funds and the same number for company employees. The remaining 45 lakh units worth Rs. 45 crore, at a face value of Rs. 100 per share, have now been offered to the general public.

    Investors can apply for a minimum of 10 shares and a maximum of 1,00,000 shares. Infomerics Credit Rating Nepal has assigned the company an ‘IRN Double B Plus’ issuer rating, indicating a moderate level of risk regarding its capacity to meet financial obligations.

    The company reports a Net Present Value (NPV) of Rs. 12.99 billion and an Internal Rate of Return (IRR) of 13.785 percent. The simple payback period is 6 years and 8 months, while the discounted payback period is 9 years and 12 months. The company has been producing clinker since Baisakh 2076 and cement since Baisakh 2077, with a daily production capacity of 1,800 metric tons of clinker and 2,200 metric tons of cement. Nabil Investment Banking Limited is the issue and sales manager. Investors may apply through all ASBA-approved banks and financial institutions or via the “Mero Share” online system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026