NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Final Day to Apply for Vikas Hydropower Limited’s IPO
    विकास हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम दिन
    Top
    2 min read
    Updated on June 3, 2025
    NEPSE TRADING

    विकास हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम दिनFinal Day to Apply for Vikas Hydropower Limited’s IPO

    विकास हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिन आज (जेठ २० गते) अन्तिम दिन हो।

    कम्पनीले ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको जारी पूँजीमध्ये ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरका ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ लाख ९ हजार १०१ कित्ता शेयर निष्काशन गरिएको हो। तीमध्ये गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा वडा नं. १, २, ३, ६ र ७ का लागि ५ लाख ४५ हजार ४६१ कित्ता शेयर छुट्याइएको छ।

    त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५४ हजार ५५० कित्ता शेयर निष्काशन गरिएको छ, जसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

    कर्मचारीका लागि ७० हजार ९१० कित्ता तथा सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता शेयर छुट्याइएको छ। बाँकी २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ।

    न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस’ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

    कम्पनीले निर्माण गरेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रति मेगावाट लागत २४ करोड ५७ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै ३० वर्ष ९ महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने समय ७ वर्ष ३ महिना र छुटमा फिर्ता हुने समय १० वर्ष ९ महिना रहेको छ।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले आयोजना कार्यालय, प्रभु क्यापिटल (कमलादी), हिमालयन बैंकको धार्चे शाखा, र प्रभु बैंकको आरुपात शाखाबाट आवेदन दिन सक्नेछन्। प्रभु क्यापिटलको अनलाइन प्रणाली मार्फत पनि आवेदन दिन सकिन्छ। स्थानीय बासिन्दाले दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्।

    Jestha 20, marks the final day for applying to the Initial Public Offering (IPO) issued by Vikas Hydropower Limited. The company opened the IPO issuance on Jestha 6, targeting local residents of the project-affected areas and Nepali citizens working abroad.

    Vikas Hydropower received approval to issue 49% of its issued capital—equivalent to NPR 445,459,600—by floating 4,454,596 ordinary shares. Of this, 909,101 shares worth NPR 90,910,100 are allocated to local residents of the project-affected areas at a face value of NPR 100 per share. Among them, 363,640 shares are reserved for residents of Darchhe Rural Municipality Wards 4 and 5 in Gorkha District (highly affected areas), while 545,461 shares are designated for residents of Wards 1, 2, 3, 6, and 7 (moderately affected areas).

    Additionally, 354,550 shares—worth NPR 35,455,000—have been allocated for Nepali citizens currently employed abroad under official labor permits issued by the Government of Nepal.

    The company has reserved 70,910 shares for employees and 177,275 shares for mutual fund schemes. The remaining 2,942,760 shares will be issued to the general public.

    Investors can apply for a minimum of 10 shares and a maximum of 10,000 shares. The issue has been rated “[ICRA Nepal] IPO Grade BBB-” by ICRA Nepal, indicating moderate risk in the company's ability to fulfill its obligations.

    The 4.55 MW Upper Machhakhola Small Hydropower Project, constructed and operated by the company, has a total cost of NPR 1.11 billion with a per-MW cost of NPR 245.7 million. The project’s generation license is valid for another 30 years and 9 months. The simple payback period for the investment is 7 years and 3 months, while the discounted payback period is 10 years and 9 months.

    The IPO issuance and sales are managed by Prabhu Capital Limited. Local residents can apply through the project office, Prabhu Capital (Kamaladi), Himalayan Bank’s Darchhe branch, and Prabhu Bank’s Aarupaat branch. Applications can also be submitted online via Prabhu Capital’s online system. A fee of NPR 2 is applicable for application forms for local residents.

    Nepali workers abroad can apply via all C-ASBA member banks and financial institutions approved by the Securities Board of Nepal, including their designated branches using the C-ASBA system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026