आज १४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
Author
NEPSE TRADING

पुस १७ गते बिहीबार १४ वटा सूचीकृत कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस दिनसम्म नेप्सेमा सेयर किनबेच भई कायम रहेका सेयरधनीहरूले सम्बन्धित कम्पनीहरूले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहने कम्पनीहरूमा स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, समता घरेलु लघुवित्त, मेरा माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, अपि पावर, ग्लोबल आइएमई लघुवित्त, कालिका पावर, हिमालयन लघुवित्त, सूर्यज्योति लाइफ इन्स्योरेन्स, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेपाल दूरसञ्चार कम्पनी तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेका छन्।
यी १४ कम्पनीहरूमध्ये नेपाल दूरसञ्चार कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पुस २० गते आइतबार बुकक्लोज गर्ने घोषणा गरेका छन् भने बाँकी १२ कम्पनीहरूले भोलि अर्थात पुस १८ गते बुकक्लोज गर्ने भएका छन्। त्यसैले आजसम्म सेयर खरिद गरी कायम सेयरधनीहरू मात्रै लाभांशको हकदार हुनेछन्।


