·

७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Author

NEPSE TRADING

७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । पुस २० गते, आइतबार, ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिनसम्म सेयर खरिद गरी कायम सेयरधनीहरूले सम्बन्धित कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनीहरूमा नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्था रहेका छन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी सबै कम्पनीहरूले भोलि अर्थात पुस २१ गते बुकक्लोज गर्ने जनाएका छन्। यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले मात्र यी कम्पनीहरूको लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन्।

लगानीकर्ताहरूलाई बुकक्लोज मिति अगावै सेयर कारोबारको व्यवस्थापन गर्न सम्बन्धित कम्पनीहरूले आग्रह गरेका छन्।

Related News