काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनको तयारीस्वरूप अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल थालेका छन् ।
अर्थ मन्त्रालयको सुवर्ण हलमा भइरहेको बैठकमा बजेटसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू सहभागी छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायसमेत रहेको यस बैठकमा पूर्वाधार, कृषि, उद्योग, स्वास्थ्य, शिक्षालगायत दर्जनौं मन्त्रालयका उच्च अधिकारीको उपस्थिति छ ।
खर्च व्यवस्थापन, आयोजनाको प्रगति र मन्त्रालयगत जिम्मेवारीबारे बैठकमा गहन छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
विकास खर्चको गति तीव्र पार्दै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसहित सरकारले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रयास थालेको हो ।
KATHMANDU: Finance Minister Dr. Swarnim Wagle has begun discussions with secretaries of concerned ministries to prepare for the effective implementation of the budget for fiscal year 2083/84.
The meeting, underway at the Suvarna Hall of the Ministry of Finance, brings together secretaries and representatives from ministries directly linked to budget execution.
Vice-Chairman of the National Planning Commission Dr. Gunakar Bhatt and Finance Secretary Dr. Ghanashyam Upadhyay are among those present, along with officials from ministries including infrastructure, agriculture, industry, health and education.
According to the Ministry of Finance, the meeting is focused on expenditure management, progress of development projects, and the responsibilities assigned to each ministry.
The government has set a goal of accelerating development spending and expanding economic activity by making budget implementation more effective.