NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Finance Minister Khanal Emphasizes Need for a Simplified and Transparent Tax System to Boo...
    अर्थतन्त्रको पुनर्संरचनामा कर प्रणाली सरल–सुगम बनाउनु प्राथमिकता: अर्थमन्त्री खनाल
    Investor
    1 min read
    Published on November 28, 2025
    NEPSE TRADING

    अर्थतन्त्रको पुनर्संरचनामा कर प्रणाली सरल–सुगम बनाउनु प्राथमिकता: अर्थमन्त्री खनालFinance Minister Khanal Emphasizes Need for a Simplified and Transparent Tax System to Boost Investment

    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालमा लगानी बढ्न नपाउनुका प्रमुख कारणमध्ये एक जटिल कर संरचना भएको स्वीकार गरेका छन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको कर प्रणालीले व्यवसायी र लगानीकर्तालाई अनावश्यक बोझ दिएको र यसलाई आधुनिक, सरल र विश्वासयोग्य बनाउनु अत्यावश्यक रहेको बताएका हुन्।

    उनका अनुसार नेपालको आर्थिक चुनौती बजेटको आकार वा स्रोत सीमितताभन्दा पनि बजेट कार्यान्वयनको क्षमता कमजोर हुनु हो। उनले योजनाहरू कागजमै सीमित हुने प्रवृत्तिलाई रोक्न सार्वजनिक खर्च, परियोजना व्यवस्थापन र सरकारी प्रक्रियाहरूलाई सरल तथा छरितो बनाउनुपर्ने आवश्यकता औंल्याए।

    अर्थमन्त्री खनालले कर प्रशासन र करदाताबीच विश्वासको वातावरण बनिन नसक्दा वैध कारोबारमा समेत असहजता देखिएको उल्लेख गर्दै कर तिर्ने सम्पूर्ण प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्नु अनिवार्य रहेको बताए। जसबाट कर तिर्ने प्रक्रियामा पारदर्शिता बढ्ने, दुरुपयोग रोकिने र लगानीमैत्री वातावरण निर्माण हुने उनको भनाइ थियो।

    उनले समग्र कर संरचनालाई सरल, पारदर्शी र पूर्वानुमानयोग्य बनाएनस् ठूलो लगानी आउन कठिन हुने स्पष्ट पारे। "सरकार नियामकभन्दा सहजीकरणकर्ताको भूमिकामा जानुपर्छ," अर्थमन्त्रीले भने, "नियम तथा प्रक्रिया जटिल हुँदा आर्थिक क्रियाकलाप नै कमजोर हुन्छ।"

    कार्यक्रममा अर्थमन्त्रीले आर्थिक नीति र मौद्रिक नीतिबीच दिगो र प्रभावकारी समन्वय आवश्यक रहेको पनि उल्लेख गरे। यी दुई नीतिलाई एउटै दिशामा अघि बढाउन सके मात्र बजारमा अनावश्यक अस्थिरता घट्ने र आर्थिक वातावरण सुदृढ हुने उनको भनाइ थियो।

    यसै अवसरमा उद्योगी तथा व्यवसायीहरूले अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्ने माग पुनः दोहोर्याए। उनीहरूले विमानस्थल अलपत्र हुँदा प्रदेशको व्यापार, उद्योग र पर्यटन क्षेत्र प्रभावित भएको भन्दै सरकारले छिटो समाधान निकाल्न आग्रह गरे।

    Finance Minister Rameshwor Prasad Khanal has acknowledged that Nepal’s current tax system is complicated and burdensome, making it difficult to attract meaningful investment. Speaking at an interaction program organized by the Siddhartha Chamber of Commerce and Industry in Bhairahawa, he stressed that Nepal’s economic bottleneck is not the size of the budget, but rather the ability to spend it effectively.

    He noted that development plans often remain stalled due to procedural hurdles and emphasized the need for simplification across all administrative levels. Strengthening transparency and accountability in public spending and project execution, he said, is essential for restoring confidence among investors and taxpayers.

    Minister Khanal highlighted that the lack of trust between taxpayers and the tax administration has created friction even in legitimate business activities. To address this, he underscored the importance of fully digitalizing the tax payment process, which he believes would enhance transparency, reduce misuse, and create an investment-friendly environment.

    According to him, unless Nepal’s tax structure becomes simple, predictable, and transparent, large-scale investments will remain limited. “The government must act as a facilitator rather than a controller,” he stated, adding that excessive rules and complicated procedures have weakened economic activities and discouraged entrepreneurs.

    He also stressed the need for strong coordination between fiscal and monetary policies. Aligning these two key policy areas, he said, would help avoid unnecessary market volatility and support long-term economic stability.

    During the interaction, business leaders drew the Finance Minister’s attention to the underutilization of the Gautam Buddha International Airport. They urged the government to operationalize the airport at full capacity, stating that delays have adversely impacted trade, industry, and tourism in the region.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026