NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Finance Minister Khanal Urges Investment of Idle Capital into Productive Sectors
    अर्थमन्त्री खनालद्वारा निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी गर्न जोड
    Top
    1 min read
    Published on March 18, 2026
    NEPSETRADING

    अर्थमन्त्री खनालद्वारा निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी गर्न जोडFinance Minister Khanal Urges Investment of Idle Capital into Productive Sectors

    काठमाडौं — अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा लगानी गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा उनले हाल बैंकिङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका छन्।अर्थमन्त्री खनालले ठूला पूर्वाधार तथा दीर्घकालीन लगानी आवश्यक पर्ने आयोजना अघि बढाउनुपर्ने बताउँदै बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता परियोजनामा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत लगानी बढाउन सकिने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। उनले निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै, मध्यपूर्वमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा असर पार्न सक्ने र मूल्यवृद्धि जस्ता समस्या आउन सक्ने भएकाले त्यसमा विशेष ध्यान दिनुपर्ने बताए।उनले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन शीघ्र निर्माण गर्नुपर्ने, विभिन्न अवकाश कोषमा लागिरहेको करमा पुनर्विचार गर्नुपर्ने र समान प्रकृतिका आम्दानी तथा सामाजिक सुरक्षासम्बन्धी रकममा न्यून कर लगाउनुपर्नेमा जोड दिए।कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले कोषले उच्च तथा दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए। कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले लगानी विविधीकरण आवश्यक रहेको भन्दै, हाल करिब आधा रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप, करिब २२ प्रतिशत सापटी तथा कर्जा र विभिन्न संस्थाका शेयरमा लगानी गरिएको जानकारी दिए। उनले हालको ब्याजदर घट्ने स्थितिले कोषको नाफामा असर पर्न सक्ने बताए।नेपाल वायुसेवा निगममा करिब रु २२ अर्ब लगानी गरिएको भए पनि असुलीमा केही कठिनाइ देखिएको जानकारी दिँदै अर्थमन्त्री खनालले सरकारको ग्यारेन्टीमा ऋण प्रवाह भएकाले त्यसको व्यवस्थापनमा पहल भइरहेको बताए। नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले पनि दीर्घकालीन तथा सुरक्षित प्रतिफलका लागि कोषको लगानी विविधीकरण आवश्यक रहेको उल्लेख गरे।कार्यक्रममाडिजिटलप्रविधिकोप्रयोग, आन्तरिकसुशासनरपारदर्शीहिसाबप्रणालीलाईसुदृढगर्दैकोषलाईदिगोप्रतिफलदिनेसंस्थाकारूपमाविकासगर्नेलक्ष्यपनिसार्वजनिकगरिएकोछ।
    Kathmandu — Finance Minister Rameshwar Prasad Khanal has emphasized the need to channel available liquidity into productive sectors to build national capital. Speaking at the 36th anniversary of the Citizen Investment Trust (CIT), he highlighted that with declining interest rates and ample liquidity in the banking system, investment should be directed toward productive areas.Minister Khanal urged the advancement of large infrastructure and long-term investment projects, citing the Budhi Gandaki Hydropower Project as an example where public–private partnership (PPP) models can help boost investment. He stressed that idle capital should be mobilized into productive sectors and noted that conflicts in the Middle East could affect Nepal’s supply chain and lead to price hikes, requiring close attention.He also called for the prompt enactment of laws for alternative finance operations, reconsideration of taxes on various pension funds, and lower taxes on similar income and social security contributions.CIT Chairman Tulsi Prasad Ghimire emphasized the trust’s vital role in promoting high and sustainable economic development. Executive Director Parbat Kumar Karki stressed the need for investment diversification, explaining that currently around half of the fund’s capital is in term deposits with banks and financial institutions, about 22% in loans and debt instruments, and the rest in equity investments. He warned that falling interest rates could impact the fund’s profitability.Regarding Nepal Airlines Corporation, where about NPR 2.2 billion has been invested, Minister Khanal noted difficulties in recovery but stated that measures are underway under the government’s guarantee. Santosh Koirala, President of the Nepal Bankers’ Association, also emphasized the need for diversification to ensure long-term and secure returns.The event highlighted the trust’s initiatives to expand its branch network across provinces, leverage digital technology, strengthen internal governance, and enhance transparency in its accounting systems to ensure sustainable returns.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026