
अर्थमन्त्री खनालको पहिलो निर्णय : टुक्रे आयोजना कार्यान्वयन नगर्नेFinance Minister Khanal’s First Decision: No Implementation of Small, Unprepared Projects
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रूपमा पूर्व तयारीबिनाका टुक्रे आयोजना कार्यान्वयन नगर्ने घोषणा गरेका छन्।
पदभार ग्रहण अघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए। त्यसपछि पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई ‘माननीय’ नभन्न आग्रह गरे।
मन्त्री खनालले भने, “अबको प्राथमिकता युवाका माग पूरा गर्नु र निर्वाचन सम्पन्न गर्नु हो। त्यसैले अनावश्यक खर्च कटौती गर्न टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरिएको हो।”
उनको निर्णयलाई आगामी दिनमा खर्च संकुचन र स्रोत व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
Newly appointed Finance Minister Rameshwar Khanal has assumed office and announced his first decision: the government will not implement fragmented or unprepared projects.
Before taking charge, Minister Khanal was welcomed by officials at the Ministry of Finance. During the ceremony, he also requested not to be addressed as “Honorable.”
Minister Khanal stated, “The current priority is to fulfill the demands of the youth and to conduct elections. Therefore, to reduce unnecessary expenditure, the decision has been made not to implement such small and unprepared projects.”
His decision is being viewed as a significant step toward expenditure control and effective resource management in the coming days.




