·
अर्थमन्त्री खनालको पहिलो निर्णय : टुक्रे आयोजना कार्यान्वयन नगर्ने
Author
NEPSE TRADING

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रूपमा पूर्व तयारीबिनाका टुक्रे आयोजना कार्यान्वयन नगर्ने घोषणा गरेका छन्।
पदभार ग्रहण अघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए। त्यसपछि पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई ‘माननीय’ नभन्न आग्रह गरे।
मन्त्री खनालले भने, “अबको प्राथमिकता युवाका माग पूरा गर्नु र निर्वाचन सम्पन्न गर्नु हो। त्यसैले अनावश्यक खर्च कटौती गर्न टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरिएको हो।”
उनको निर्णयलाई आगामी दिनमा खर्च संकुचन र स्रोत व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।