NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Finance Minister Meets Financial Regulators, Emphasizes Stability and Investment Growth
    अर्थमन्त्री र वित्तीय नियामकबीच भेट, स्थायित्व र लगानी विस्तारमा जोड
    Investor
    1 min read
    Published on March 17, 2026
    NEPSE TRADING

    अर्थमन्त्री र वित्तीय नियामकबीच भेट, स्थायित्व र लगानी विस्तारमा जोडFinance Minister Meets Financial Regulators, Emphasizes Stability and Investment Growth

    काठमाडौं — अर्थमन्त्री रमेश्वर खनालसँग बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) नियमन गर्ने प्रमुख निकायका प्रमुखहरूले मंगलबार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको उक्त भेटमा वित्तीय स्थायित्व, लगानी प्रवर्द्धन तथा आर्थिक सुशासनलगायत विषयमा छलफल भएको हो।बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल तथा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ सहभागी थिए। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार उक्त भेटमा समग्र वित्तीय प्रणाली सुदृढीकरणका विषयमा विचार आदानप्रदान गरिएको थियो।भेटका क्रममा अर्थमन्त्री खनालले देशको वित्तीय स्थायित्व कायम राख्न र लगानीमैत्री वातावरण निर्माण गर्न नियामक निकायहरूले खेलेको भूमिकाको प्रशंसा गरे। उनले पूँजी बजारमा पारदर्शिता अभिवृद्धि गर्न र वित्तीय प्रणालीलाई व्यवस्थित बनाउन नियामक निकायहरूको योगदान महत्वपूर्ण रहेको बताए।उनले आर्थिक सुशासन सुदृढ गर्न र वित्तीय अनुशासन कायम गर्न समेत सम्बन्धित निकायहरूले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।जवाफमा नियामक निकायका प्रमुखहरूले अर्थ मन्त्रालयसँगको सहकार्य सकारात्मक र प्रभावकारी रहेको बताएका छन्। उनीहरूले मन्त्रालयले अघि सारेका नीति तथा निर्देशनहरूले बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व बलियो बनाउन सहयोग पुगेको उल्लेख गरेका थिए।बैठकमा बैंक तथा वित्तीय संस्थाको स्थायित्व कायम राख्ने, लगानी वृद्धि गर्ने, वित्तीय क्षेत्रमा पारदर्शिता अभिवृद्धि गर्ने र पूँजी बजारको विकासलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ।सरकार र नियामक निकायबीचको यस्तो समन्वयले दीर्घकालीन आर्थिक वृद्धि र वित्तीय क्षेत्रको दिगोपनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।
    Kathmandu — Finance Minister Rameshore Khanal held a meeting with the heads of key financial regulatory bodies on Tuesday, focusing on financial stability, investment promotion, and economic governance. The meeting took place at the Ministry of Finance in Singha Durbar.The meeting was attended by Nepal Rastra Bank Governor Bishwanath Paudel, Chairperson of the Nepal Insurance Authority Chandrakala Paudel, and Chairperson of the Securities Board of Nepal Santosh Narayan Shrestha. According to Ministry spokesperson Tanka Prasad Pandey, the discussion centered on strengthening the overall financial system and ensuring sustainable economic growth.During the meeting, Minister Khanal expressed appreciation for the role played by regulatory bodies in maintaining macroeconomic stability and creating a favorable investment environment. He acknowledged their efforts in enhancing transparency in the capital market and strengthening financial discipline across the sector.The Finance Minister also thanked the institutions for their contribution to improving economic governance and supporting policy implementation aimed at stabilizing the financial system.In response, the heads of the regulatory bodies described their collaboration with the Ministry of Finance as constructive and effective. They noted that the ministry’s policies and guidance have played a crucial role in reinforcing the stability of Nepal’s banking and financial sector.The discussion covered a wide range of issues, including maintaining stability in banks and financial institutions, boosting investment, enhancing transparency, and further developing Nepal’s capital market.Officials stated that such continued coordination between the government and regulatory authorities is essential for strengthening financial sector resilience and supporting long-term economic growth.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026