
चिनियाँ लगानी बढाउन अर्थमन्त्रीको आह्वानFinance Minister Urges Chinese Investors to Expand Investment in Nepal
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले नेपालमा वैदेशिक लगानीका लागि सकारात्मक वातावरण रहेको बताउँदै चिनियाँ लगानीकर्तालाई निडर भएर लगानी गर्न आग्रह गरेका छन्। मङ्गलबार काठमाडौँमा आयोजित नेपाल–चीन आर्थिक सहकार्यसम्बन्धी कार्यक्रममा उनले सरकारले लगानीमैत्री नीति र संरचनागत सुधारहरू अघि बढाइरहेको उल्लेख गरे।
नेपाल र चीनबीच आर्थिक सहकार्यलाई थप विस्तार गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउँदै उनले दुवै देशका लागि लाभदायक हुने क्षेत्रहरूमा संयुक्त लगानी आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले पछिल्ला वर्षहरूमा नेपालप्रति चिनियाँ लगानीकर्ताको चासो बढ्दै गएको जानकारी दिए। उनले उद्योग, जलविद्युत्, ऊर्जा र पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न चीन इच्छुक रहेको उल्लेख गर्दै नेपालको विकास यात्रामा चीनको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे।
Kathmandu. Finance Minister Rameshwar Khanal has called on Chinese investors to increase their investment in Nepal, stating that the country offers a favorable and secure investment environment. Speaking at a Nepal–China economic cooperation program held in Kathmandu on Tuesday, he said the government has been implementing policy and structural reforms to attract foreign capital.
Minister Khanal emphasized the need for Nepal and China to work together in identifying new areas of mutual economic benefit and expanding bilateral cooperation through increased investment.
At the event, Chinese Ambassador to Nepal, Chen Song, noted that Chinese investors have been gradually expanding their presence in Nepal. Highlighting the long-standing ties between the two countries, he said Chinese businesses are particularly interested in sectors such as industry, hydropower, energy, and infrastructure. He also reaffirmed China’s continued support for Nepal’s overall development efforts.




