
अर्थमन्त्री वाग्ले आज बजेटबारे पत्रकारहरूसँग अन्तर्क्रिया गर्दैFinance Minister Wagle to Hold Interaction with Journalists on Budget Today
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ने भएका छन् ।
आज दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा यो अन्तर्क्रिया हुने अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिए ।
शुक्रबार अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए ।
बजेटमध्ये चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत विनियोजन गरिएको छ । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत छुट्याइएको छ ।
Kathmandu — Finance Minister Dr. Swarnim Wagle will hold an interaction with media personnel through a press conference regarding the budget for the fiscal year 2083/84.
The interaction will take place this afternoon at the Suvarna Hall of the Ministry of Finance in Singha Durbar, said the Finance Minister's public relations adviser, Nabin Dhungana.
On Friday, Finance Minister Wagle had unveiled a budget worth Rs 2,124.34 billion.
Of the total budget, Rs 1,270.58 billion, or 59.8 percent, has been allocated for recurrent expenditure. Rs 431.10 billion, or 20.3 percent, has been set aside for capital expenditure, and Rs 422.24 billion, or 19.9 percent, for financing arrangements.




