काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारका विषयमा सामाजिक सञ्जाल तथा विभिन्न अनौपचारिक माध्यमबाट फैलाइएका सूचनामा विश्वास नगर्न लगानीकर्तालाई आग्रह गरेको छ।
नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातमा सार्वजनिक अपिल जारी गर्दै सचिवालयले बजारमा त्रास सिर्जना गर्ने उद्देश्यले केही भ्रामक तथा प्रायोजित हल्ला फैलाइएको दाबी गरेको हो। निश्चित व्यक्तिलाई पक्राउ गर्न लागिएको वा उनीहरूमाथि अनुसन्धान भइरहेको भन्ने चर्चा सत्य नभएको सचिवालयको भनाइ छ।
सचिवालयका अनुसार नियामक निकायलाई प्रभावमा पारेर बजारमा अस्वाभाविक गतिविधि गर्ने सम्भावित प्रवृत्तिमाथि भने सम्बन्धित निकायले निगरानी बढाएका छन्। बजार सुधारका लागि नियामक संस्थामार्फत योजनाबद्ध काम अघि बढिरहेको पनि सचिवालयले जनाएको छ।
सेयर बजारसम्बन्धी आधिकारिक जानकारीका लागि क्लब हाउस, ह्वाट्सएप, म्यासेन्जर समूह, बिचौलिया वा अपुष्ट सञ्चारमाध्यममा निर्भर नहुन सचिवालयले आग्रह गरेको छ। पर्याप्त अध्ययन, जोखिमको मूल्याङ्कन र आधिकारिक निकायको सूचनाका आधारमा मात्र दोस्रो बजारमा लगानी गर्न सुझाइएको छ।
पछिल्लो समय बजारमा आएको गिरावटलाई आधार बनाएर समग्र अर्थतन्त्र कमजोर भएको भाष्य निर्माण गर्न खोजिएको सचिवालयको आरोप छ। सरकारले कम प्रचार गरेर नीतिगत काममा केन्द्रित भएको अवस्थालाई केही पक्षले व्यक्तिगत लाभका लागि प्रयोग गर्न खोजेको दाबी गरिएको छ।
सचिवालयले बैंकिङ प्रणालीमा तरलता सहज रहेको, ब्याजदर घट्दो क्रममा रहेको र नियामक निकायमा दक्ष जनशक्ति चयनको प्रक्रिया अघि बढेको उल्लेख गरेको छ। यी अवस्थाले आगामी दिनमा लगानीको वातावरण सुधार्न सहयोग पुग्ने विश्वास सचिवालयले व्यक्त गरेको छ।
आयकर तथा राजस्व विवादसम्बन्धी सहुलियतका व्यवस्थाले खर्च, लगानी र व्यावसायिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने सचिवालयको भनाइ छ। बजारमा लगानी गर्दा हल्लाभन्दा तथ्य, कम्पनीको अवस्था र आधिकारिक सूचनालाई आधार बनाउनसमेत आग्रह गरिएको छ।
Kathmandu — The secretariat of Finance Minister Dr. Swarnim Wagle has urged investors not to rely on unverified information circulating on social media and other informal platforms about the stock market.
In an appeal issued at the beginning of the new fiscal year 2083/84, the secretariat said misleading and sponsored rumours were being spread to create fear among investors. It clarified that reports claiming that certain individuals were about to be arrested or were under investigation were not accurate.
The secretariat said regulatory authorities had, however, increased scrutiny of activities intended to manipulate or destabilise the market. It added that planned measures were being introduced through regulatory bodies to improve the stock market.
Investors were advised not to depend on Clubhouse discussions, WhatsApp or Messenger groups, intermediaries, self-proclaimed market leaders or unverified media reports for official information. The secretariat encouraged investors to study the market carefully, assess risks and rely on information issued by authorised institutions.
It also rejected claims that the recent decline in share prices reflected a broader economic crisis. According to the secretariat, some groups were attempting to create a negative narrative for personal benefit by taking advantage of the government’s low-profile working approach.
The secretariat maintained that liquidity in the banking system remained comfortable, interest rates had declined and qualified professionals were being appointed to regulatory institutions. It said these developments could help improve the investment environment.
It further stated that tax concessions and relief measures introduced for taxpayers facing revenue disputes were intended to encourage spending, investment and business recovery.
The secretariat urged investors to base their decisions on verified information, company performance and proper market analysis rather than rumours and speculation.