·

अर्थ मन्त्रालयले माग्यो आगामी बजेटका लागि सुझाव

Author

NEPSE trading

अर्थ मन्त्रालयले माग्यो आगामी बजेटका लागि सुझाव

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि सुझाव माग गरेको छ। मंगलबार सूचना जारी गर्दै मन्त्रालयले बजेटलाई समावेशी बनाउन सबै क्षेत्रका नागरिकसँग सुझाव मागेको हो।

संघ, संस्था, विज्ञ, व्यवसायी, राजनीतिक दल, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी र आम नागरिकलाई बजेटका नीति, कार्यक्रम र सुझाव वैशाख मसान्तसम्म पठाउन अनुरोध गरिएको छ। सुझाव अनलाइनमार्फत www.mof.gov.np मा रहेको “बजेट सुझाव” फारम वा budgetsuggestion@mof.gov.np इमेलमा पठाउन सकिनेछ।

मन्त्रालयले बजेट प्रक्रियामा सरोकारवालाको सहभागिता सुनिश्चित गर्न यो अभ्यासलाई निरन्तरता दिएको जनाएको छ। यसले नागरिकमा बजेटप्रति चासो बढाउनुका साथै स्थानीय आवश्यकता र प्राथमिकतामा आधारित बजेट बनाउने वातावरण बन्ने अपेक्षा गरिएको छ।

Related News