आज पुस १४ गते आइतबार, यस्तो छ राशिफल
Author
Pandit Basu
मेष (Aries)
आर्थिक पक्ष कमजोर रहन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिने भएकाले योजना कार्यान्वयनमा धैर्य गर्नुहोला। खर्चको मात्रा बढ्न सक्छ, तर बचत गर्ने योजनामा ध्यान दिनु राम्रो हुनेछ।
वृष (Taurus)
आर्थिक लाभको राम्रो अवसर प्राप्त हुनेछ। व्यापार र उद्योगमा सफलता मिल्नेछ। आम्दानीको स्रोत बढ्न सक्छ भने भौतिक सम्पत्तिमा लगानीका लागि समय उपयुक्त छ।
मिथुन (Gemini)
आर्थिक रूपमा दिन शुभ रहनेछ। व्यापार तथा पेशामा राम्रो आम्दानी हुनेछ। नयाँ योजनामा लगानी गर्न सकिनेछ। चुनौतीहरू पन्छाएर फाइदा लिने समय छ।
कर्कट (Cancer)
आर्थिक पक्षमा सामान्य चुनौती आउन सक्छ। सोचविचार गरेर मात्र खर्च गर्नुहोला। नयाँ काम सुरु गर्दा अतिरिक्त पूँजी जुटाउन कठिनाइ हुन सक्छ।
सिंह (Leo)
महत्त्वाकांक्षी योजना रोक्नुपर्दा आर्थिक पक्षमा असर पर्न सक्छ। समयले साथ नदिँदा खर्चमा नियन्त्रण गर्न कठिनाइ हुन सक्छ।
कन्या (Virgo)
छोटो समयमै राम्रो आर्थिक लाभ प्राप्त हुनेछ। रोकिएका रकम फिर्ता आउनेछन्। उद्योग र व्यापारमा लाभ हुनेछ। नयाँ योजना प्रारम्भ गर्न सकिनेछ।
तुला (Libra)
बचत गर्न गाह्रो हुने समय छ। सोखले खर्च बढाउनेछ। नयाँ योजना सुरु गर्नु अघि आम्दानी र खर्चको समीकरण मिलाउनु उपयुक्त हुनेछ।
वृश्चिक (Scorpio)
आर्थिक पक्ष सबल रहला। व्यापार र पेसाबाट फाइदा हुनेछ। रचनात्मक काममा लाभ मिल्ने समय छ। तर, लोकाचारका कारण खर्च बढ्न सक्छ।
धनु (Sagittarius)
पेसा र व्यवसायमा आम्दानी कम हुने समय छ। अतिरिक्त खर्च हुने सम्भावना छ। दिगो फाइदा हुने कामका लागि दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ।
मकर (Capricorn)
आर्थिक रूपमा दिन लाभदायक हुनेछ। नयाँ आम्दानीका स्रोत फेला पर्नेछन्। थोरै लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ।
कुम्भ (Aquarius)
भौतिक सम्पत्तिबाट लाभ हुनेछ। व्यापारमा फाइदा हुनेछ। मेहनतले राम्रो प्रतिफल दिने समय हो। पुराना कामको चर्चाले पनि नयाँ अवसर दिलाउन सक्छ।
मीन (Pisces)
आर्थिक पक्षमा सोचविचार गर्नुपर्ने समय छ। शरीरमा कमजोरीको प्रभावले काममा पछि पर्न सकिन्छ। सहयोगीहरूले साथ दिनेछन्, तर खर्च व्यवस्थापनमा ध्यान दिनु पर्नेछ।